काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूको वार्ता जारी छ । शनिवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबिचको वार्ता भइरहेकाे हो ।
आज भने बिहानै मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका थिए । शिक्षामन्त्री पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता भइरहेकाे छ । गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
उनीहरुले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।

