चट्याङ तिमी बारुद बन

कविता

चर्किएको आकाश मा बादल मौन छ ।
क्षितिजमा शुन्य देखिदा मेरो आवाज गर्जिन्छ ।
फेरी बिगत लाई फर्केर हेर्छु, चट्याङ बनी गर्जिन्छ ।
असिनाको बेगले पानी भरिन्छ, गडबड स्वर सुनिन्छ ।
आकशतिर हेर्छु अनि चट्याङ नांचिरहेको देख्छु ।
सबै डराउछन्, म चट्याङ को आवाज मा मोहित हुन्छु र कविता कोर्छु ।
त्यही बिद्रोहको स्वर मा मेरो मिश्रित स्वर चट्याङ बने झै लाग्छ ।
हो एक्लो सुनसान प्रकृति मा म रमाइरहेकी छु झै लाग्छ ।
हो चट्याङ तिमी मेरो मुटु अनि धड्कन कसरी टाढा हुन सक्छु ?
तिम्रो सौन्दर्य को गीत असिना बन्दा हातमा लिएर सजाउछु अनि साहित्यमा फुलाउछु ।
हो चट्याङ तिम्रो सौन्र्दयको आशु मेरो पानी बन्यो र सङकलन गरे अनी साहित्यमा आंशु बनाएर लेखे ।
त्यसैले चट्याङ तिमी बारुद बन म हिड्ने गोरेटोमा काडा पन्छाउन,
मेरो स्वतन्त्रता जोगाउन ।
तिम्रा ति तिता स्वर, डर बनेछ मानव जगतमा ।
तर ति तिम्रा स्वर मेरो साहित्यको परी बनेछ सुन्सान एकान्तमा ।
तिमी मेरो सौन्र्दयात्मक प्रकृति ,
तिमी मेरो सृजनात्मक उपस्थिति ।
तेसैले आज आकाशमा हेरे तिमी बारुद बनेको देखे ।