१३ वैशाख, झापा । आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटना भएको छ ।
काठमाडौंमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।
छन् ।
घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए । सबै आन्दोलनबाट फर्किएका शिक्षक रहेको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । घाइते एक जनाको अवस्था गम्भीर छ ।
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उनले बताए ।
– राससको सहयोगमा

