Breaking News

आज मातातिर्थ औषी (आमाको मुख हेर्ने दिन) मातातिर्थ कुण्डमा भक्तजनहरुको उल्लेख्य भिड

आज मातातिर्थ औषी (आमाको मुख हेर्ने दिन) वैशाख महिनामा पर्ने मातातिर्थ औषी मेला काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थ कुण्डमा लाग्ने गर्दछ । आजको दिन यस पवित्र कुण्डमा आफ्नी दिवंगत आमालाई सम्झदै आमाको नाममा चिरशान्तिको कामना गर्दै हिजो राती कुण्डभित्र बत्ति बालेर जागाराम बसी आज कुण्डमा रहेको आमाको प्रतिमामा पुजा र कुण्डमा रहेको जलासायमा पुजा र जलस्थानका साथै उपहार चढाएर आफ्नी दिवंगत आमालाई सम्झने गरिन्छ । भने जो आफुसँगै भएकी आमालाई आज मिठो खानेकुरा, राम्रो लुगा उपहार दिएर सँगै बसेर आमाको दिर्घायु र स्वस्थ जीवनकोे कामना गरिन्छ । त्यस्तै काम विशेषे नेपालभित्रै र विदेशमा रहेकाले आफ्नी जन्मदिने आमालाई सम्झैदै दिर्घायुका लागि फोन र समाजिक सञ्जालमार्फत् आमालाई सम्झदै लामो आयुको कामना गरिन्छ ।

आज विश्वकै पवित्र र अलौकिक तिर्थस्थल मातातिर्थ कुण्डमा ठुलो सख्यामा मेला लाग्दछ । यस तिर्थस्थलमा नेपाल लगायत भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । आफ्नी दिवंगत आमाको सम्झनामा यस तिर्थस्थलमा पुगेर पुजा गरी चिरशान्तिको कामना गरिन्छ । आजको दिन यो क्षेत्र मानवमय देखिएको छ । मातातिर्थै कुण्डदेखि तल पृथ्वीराजमार्ग ग्रुजुधारासम्म मान्छेहरुको भिड लागिरहेको छ । यातायातलाई आवतजावतमा बन्द गर्दै गु्रजुधारादेखि कुण्डसम्मको डेढ किलोमिटर क्षेत्र भक्तजनहरु र व्यापारीहरुले छापिएको छ । मान्छेहरुको भिडले पैदल हिड्न समेत कठिनाइ भएको यस क्षेत्रमा भक्तजनहरु आउने क्रम अझै बढीहरेको छ । योे क्रम बेलुकासम्म जारी रहन्छ र साँझबाट समापन हुनेछ ।