Breaking News

स्वागत छ नयाँ वर्ष तिमिलाई  !!

बसन्तले पालुवा फेरेको राम्रो देखिन्छ,
तर
त्यो पालुवा फुल बनेर एक पटक संसारलाई
सुगन्धित बनाउने कर्म
पश्चात् फर्किनु पर्छ आफ्नै
शुन्यताको संसार जहाँ उ
आउनु अघि बस्ने गरेको थियो
माटो भित्रको निर्जिव अस्तित्व
एउटा स्मरणीय उर्जा
निर्जिव र अदृश्य तरंग बनेर ।।

बाला पनका स्मरणीय पलहरु बिस्तारै
बिलिन हुँदै छन,
धर्तिका किन्नरीहरुमा,
ममतामयी र सुन्दर हृदयसँगका
मायावी पलहरु,
पिताद्वारा ओढाइएका
सुरक्षाका कवचहरु,
बसन्तले पालुवा फेरे सरी
यो जिवित चेतनामा बिस्तारै
हराउँदै छन,
बिछोडको प्याला पिइरहँदा
झनै गाढा हुँदैछन,
मातृभुमिका सुगन्धित
माटोका तरंगहरु !!
र यो नव वर्ष सँगै
आउने आगमनको समयले
र तिनै
आबृतिहरुमा
भेट गराउन
सकोस्,
धेरै दुरीका जन्महरु
पश्चात् पनि,

स्मृतिका पानाबाट हराएका
समग्र हृदयभित्रका तस्विरहरु,
आत्मियता,
त्यो निश्वार्थ प्रेमिल
अबोध
शान्त
चेतना जसका वरिपरि
छैनन् कुनै ईष्र्यालू
विभेदी दुस्चक्रहरु !!
जसले इमान्दर कर्म एबम्
निश्चल आकृतिमा
निर्मम बादलका
गर्जनहरु
पोख्न नसकुन्,
कुनै परीचित आफ्नो
बनेर,
उत्तरदायित्वको रुपमा
कर्तव्यबोधका चाङ्को
नाममा आफ्नै अस्तित्वको
बध गरेर
थुंगा बिनाको फुलको
स्वरुपको
सृजना गरि
बगैंचा सिंगार्ने
अपुर्ण र शोभाहिन
सपना बुन्न नसकुन्।

यो नयाँ वर्षको
आगमनले समग्र
चुँडिएका,
टुकृएका,
अनाहकमा
विछोडिएर,
पराई भुमी, मानव एबम्
धरातलमा पलपल
आफ्नै आत्मसम्मानको
अपहरणमा परेर जीवन निर्वाह
गरीरहेका
समग्र मानवमा पुनः
आफ्नो स्वतन्त्रताको
यान चढेर
आफुलाई हृदयमा बसाएका
तस्वीर सँग साक्षात्कार
हुनको निमित्त
अदृश्य र सपना नै
भएपनी शान्तिपूर्ण
चित्रको सृजना गर्न
सफल बनुन  मनका लहरहरु ।।

सुशिला शर्मा “शिलु”

सुशिला शर्मा “शिलु”