कति प्यारो शब्द आमा

दुखमा पनि आमा, सुखमा पनी आमा,
कति प्यारो शब्द आमा,
नजिक नहुदा छिन छिन मा बोल्न मन लाग्ने,
सङै हुदा रिसाउने पनी , नभै पनि नहुने,
यो कस्तो माया सन्सार मै अमुल्य ,
न रित्तिन्छ, न सिद्दिन्छ, न टुट्छ ?
अचम्मको माया कोहि संग नि तुलना नहुने, आमाको माया ।
पैसा भन्दा ठुलो, सबैभन्दा माथि कहिल्यै नमर्ने, नसुक्ने, नसिद्धिने आमाको माया ।
कसैले टुटाउन खोजे भुइचालो जाने , माहामारी आउने यो कस्तो माया ?
अटुट र अमर छ आमाको माया
कसैले ठाउँ लिन सक्दैन त्यहा ।
घर स्वर्ग बन्छ आमा हुदा, पाइलो पबित्र हुन्छ आमाको उपस्थिति हुदा ।
आमा सन्सार, आमा देवी, आमा ब्रह्माण्ड
आमा ज्ञान् को खानी,
आमा को कोखको ऋण कसरी तिर्ने ?
आमाको लामो आयु र सुस्वास्थको कामना गर्न सकु सदैब ।
आमा आमा कस्तो नाता ?
हेला गर्नुहुन्न आमालाई भाग्यले पाउदा ।