आजको दिन आमालाई सम्झिदा

आज माता तिर्थ औसी । अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिनमा जो कोहीले आफ्नी जन्मदिने माताकोे मुख हेरेर आमालाई मिठामिठा खानेकरा खुवाएर र राम्रो अर्थात् नयां लुगा लगाएर खुशी पार्ने दिनको रुपमा चिनिन्छ । यसै क्रममा मैले पनि आज मेरि आमालाई सम्झेको छु । म हजुरको कोखबाट जन्मेको जेठी सुपुत्री । म जन्मिदा हजुरको खुसी अनि परिवारमा छाएको खुसी बेग्लै थियो रे । किनकी म परिवारकै पहिलो सन्तानको रुपमा छोरी भएर जन्मिएकी थिए । आमा हजुरले भोगेको प्रसय पीढा अनि मलाई संसार देखाउदाको खुसी आजको दिनमा म फेरि हजुरलाई स्मरण गर्न चाहन्छु । हजुरले भन्नुहुन्छ अहिले पनि म राति नसुत्ने दिनमा मा सुत्ने बानि थियो रे सानोमा । रातभरी मलाई काखमा खेलाई बिहानै पख आंगोको अगेनीसंगै थोत्रो र धुलो मैलो कपडाले तातो पारी बेरेर सुताई ढोको शिरमा भिरी घांस काट्न जांदा हजुरलाई कत्तिको पीडा भयो होला । आमा हजुर कति महान छौ । कसरीतसरी हुर्कायौ आज यो दूनियांमा मिसाउन । मैले गर्ने हरेक सफलतामा औधी खुसि हुने मेरि आमा हजुरले सिकाएको र दिएको शिक्षा, अर्ति उपदेश  आज पनि झझल्की रहन्छ । आमा हजुरको शिक्षा र उपदेश आज जीवनका हरेक क्षणमा लागु गरिरहेको छु । आमा हजुरले दिएको ठुलो शिक्षा बिबाह गरेर जांदा पराई घरमा छोरीको रुमपा नभएर बुहारीको रुपमा सासू ससुरालाई गर्ने सम्मान, सत्कार र अन्य गतिविधिका बारेमा  सम्झाएको र सिकाएको म कहिल्यै भुल्न सक्दिन पनि । आमा हजुर भन्दै हुनुहुन्थ्यो गाउँ ठाउंको चलन अनुसार चल्नु, बाबुआमाको कहिल्यै इज्यत जाने काम नगर्नु यस्तैयस्तै अर्ति र उपदेशले आज म यो स्थानमा आएको छु । आमा हजुरका यी प्रेरणादायी अर्ति सर्वोपरी ठान्दै आज पर्न गएको मातातिर्थ औसींमा म मेरी आमालाई धेरै सम्झनाका साथै सुस्वास्थ्य, दिर्घायू र खुसीको कोटीकोटी शुभकामना ।

उही हजुरकी छोरी बासमती