यिनको पारा देख्ता

                        गज

टिठ पनि लाग्छ कसै-कसैको बिचार हेर्दा

टिठ पनि लाग्छ कसै कसैको बिचार हेर्दा,

उस्तै रिस पनि उठ्न, थाल्यो ब्यबहार हेर्दा ।

मन मिष्तिक भित्रनै, पालेका छन् स्वार्थ ,

अब कसोगरी भन्ने छापेको अखबार हेर्दा ।

बिचल्लि छ देश, भाईरस भित्र जनताहरु को,
दिक्दार भयौँ देशभित्रको यो सरकार हेर्दा ।

एकातिर कोरोना बिश्व व्यापी फैलिँदै गयो,
पाउँन सकिन कोई औषधि कतै झार हेर्दा ।

कसैले देखाए बहादुरी लकडाउँन भित्र नि,
दुखः लाग्छ बिचल्लि सिमाना वारपार हेर्दा ।

कसैले बलेको आगामै रोटि सेक्न थालेछन,
हुँने छैन समस्या हलको उनैको मारा मार हेर्दा ।

कारोना रोगको नाममा कमिसन खाना थालेका छन्
वास्तविकले राहत पाउने छैन यिनको रबैया र पारा हेर्दा ।