वास्तविक मजदुरलाई राहत खोई ?

सरकारले बाडिरहेको राहत वितरणमा विभेद हुनुका साथै बाडिएको राहत पनि कुहिएको अवस्थामा रहेको पाइएको छ ।

कदर समाचार
२३ चैत, काठमाण्डौं । विश्वभरी फैलिएको कोरोना भाइरले आतंककै मच्चाए पनि अहिले विश्व नै लकडाउनमा रहेको छ । नेपाल सरकारले पनि कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गरेर बिहान र बेलुकाको छार टार्ने वर्गलाई, मजदुरहरुको भने दैनिकी कष्टकर र नाजुक बन्दै गएको छ । सरकारले स्थानीय तह मार्फत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई आवश्यक खाद्यान्न वितरण गर्ने व्यवस्था गरेपनि प्रभावकारी हुन् नक्सदा वास्तविक मजदुरले राहत पाउन नसकेको पाइएको छ । राहत पाइएको राहत पनि कुहिएको चामल, दाल राहतको रुपमा बाडिएको पनि पाइएको छ । राहत स्वरुप बाडिएको चामलमा त झन सेतो खालको किरा हिडिरहेको र चालम कुहुएर कालो न कालो भएको अवस्थामा बाडिएको पाइएको छ ।
काम गर्ने ठाउँमा काम रोकिएको र दिनहुँ ज्यालादारी काम पनि रोकिएका कारण र सरकारबाट पनि कुनै राहत नहुँदा कोरोना भन्दा पनि भोकको डर त्रास भएको मजदुरहरुको दुख्कका गुनासा छन् । सरकारले बाडिरहेको राहत वितरणमा विभेद हुनुका साथै बाडिएको राहत पनि कुहिएको अवस्थामा रहेको पाइएको छ ।