थोत्रा गाडी चढेर कहिल्यै गन्तव्यमा पुगिन्न, त्यसैले सोच बदलौं राष्ट् निर्माण जुटौं

ज भोलिको नेपाली राजनीतिक वाकयुद्ध हेर्दा उदेक लागेर आउंछ, गुदी कुरा सुन्दा, बुझ्दा र देख्दा । राजनीतिक रंगमञ्चमा मर्दा सम्म पनि कुर्ची र पदको लोभलालचमा आफुलाई जनताको मालिक हुं ठान्ने पात्रहरुको रबैया र हर्कत देख्दा । त्यसमा पनि अस्पतालको सैयाबाट या चिहानघाटमा जान लागेको प्रणासम्म पनि देश हांक्ने आंट देख्दा महान क्रान्तिकारी ठानीएका नेतालाई सुली दिएर फुली लगाई सदाका लागि बाई बाई गर्दा पनि फरक नर्पला की भन्ने लाग्छ ?

पदलोभी केही व्यक्तिस्वार्थ र एकोहोरो दम्भरहेका नेताको वेनामे प्रवृतिले अहिलेको नेपाली राजनीतिक उथल पुथलको दमाह बजिरहेको सबैले देखेकै चरिचार्थ हो । एकले कर्काेलाई निषेदको छाडा भाषण हामीले यिनै आंखाले देखेका र कानले सुन्दै आएकै छौ । यस्तो परिपाटी र संस्कार भएका देश संचालनका राजनीतिक नेताबाट हामी र हाम्रो देशले के आशा र उपलब्धि पाउने ?

हामीले समाजवाद उन्मुख संंविधान त लेख्यौ तर समाजवादको ओकालत गर्ने भनेर मुलुक संचालन गर्ने अबुझ र झोक्कडलाई सत्ताको चापी बुझाउंदा आज जनताको अभिमत कुल्चदै संविधान नै च्यातेर हुकुमी शासनको बकवास गरिरहेका छन् । त्यसमा अझै बुझिन थाल्यो संविधानमा त कागजको पन्नामा लेखिएको खोस्टो मात्र रहेछ । जो आजभोलिका शासकको बोली, व्यवहार र कर्हतले स्पट देखाएको छ ।

पदलोभी केही व्यक्तिस्वार्थ र एकोहोरो दम्भरहेका नेताको वेनामे प्रवृतिले अहिलेको नेपाली राजनीतिक उथल पुथलको दमाह बजिरहेको सबैले देखेकै चरिचार्थ हो । एकले कर्काेलाई निषेदको छाडा भाषण हामीले यिनै आंखाले देखेका र कानले सुन्दै आएकै छौ । यस्तो परिपाटी र संस्कार भएका देश संचालनका राजनीतिक नेताबाट हामी र हाम्रो देशले के आशा र उपलब्धि पाउने ? अनि भोलिका दिनमा अझैं के कस्तो खालको कदम चाल्न सक्छन् भन्ने कुरा कल्पना समेत गर्न सकिएको छैन । अहिले नेपाली जनता सुखी र समृद्ध नेपालको खोजिमा छन्, समाजवाद उन्मुख मुलुकको बाटोमा हिड्न खोज्दै छन्, हजारौ हजार सहिदको रगतले बनेको नेपाललाई सुनौलो र समृद्ध नेपालको सपना देखिरहेका छन् । तर यो जनताको सपना सत्ता र सत्ता बाहिर रहेका केही नेता तथा अन्य पात्रका हर्कत र रबैयाले पूरा होलान भन्ने किमार्थ देखिदैन ।

कुनै पशुले दूध दिंदा सम्म सकेसम्म निचोरै खान खोज्दछन् तर दूध दिन छोडेपछि सो पशुलाई काटेर मःम, सुकुटी र अन्य परिकार बनाउंदै होली वाइनसंग रमाउंछन् । त्यसैले आजको यो नेतृत्वले देश बनाउने संभावना देखिदैन की भन्दा फरक नपर्ला ?

आजको राजनीतिक नेतृत्वमा व्यावहारिक र सक्षम राजनीतिज्ञ नेतृत्व नहुंदा देश आज केहि दम्भी र हठी शासकको दुहुनु लैनो भैसी जस्तै हुंदा कतै देश भूमिरीको कोठरीमा फस्ने होकी भन्ने बिश्लेषण बिज्ञहरुले चासो समेत लिन थालेका छन् । कुनै पशुले दूध दिंदा सम्म सकेसम्म निचोरै खान खोज्दछन् तर दूध दिन छोडेपछि सो पशुलाई काटेर मःम, सुकुटी र अन्य परिकार बनाउंदै होली वाइनसंग रमाउंछन् । त्यसैले आजको यो नेतृत्वले देश बनाउने संभावना देखिदैन की भन्दा फरक नपर्ला ? कोही शासक देशको भूभाग बेचेर रमाएका छन्, कोहीले देशको अस्मीतामाथी धावा बोलिरहेका छन्, कोहीले संविधान नै चपाएर म जस्तो शासक अरु संसारमा कोही छैन भन्दै असंबैधानिक कदमको बाजा बजाउदै दौडिरहेका छन् ।

यस्ता नेचर र प्रवृतिका नेता र राजनीतिज्ञ मुलुकको शासन सत्तामा बसुन्जेल राष्ट्को विकास त के व्यवस्था नै खोसिएला भन्ने डर पो लाग्न थालेको छ । आज देशमा व्यवयीचारी, भ्रष्टाचारी,बलात्कारी, ठग, चोर, कालोबजारी माफिया गिरोहले चपाएको नेपाली राजनीतिकलाई जबसम्म त्यस्ता गिरोहबाट बाहिर आउन्न तवसम्म नेपालको राजनीतिक त्यही गिरोहको इशारामा चल्ने नै छ । त्यसैले यो जञ्जालबाट बाहिर निकाल्न युवा वर्गले वर्ग संघर्षको नयां राजनीति उर्जा र नेतृत्व लिनु पर्ने अवस्था देखिएको छ ।

तसर्थ अवको युवा नेतृत्वले त्यस्ता राजनीतिक पात्रलाई अस्ताउदो सूर्यसंगै अर्ग दिंदै सदाका लागि वाई वाई गर्न सकेन भने देश र जनताको हालत अझ यो भन्दा पनि नाजुक हुंदै जाने तथ्य नकार्न सकिदैन । त्यसैले समयमै सोची आजका युवा नेतृत्वले राजनीतिकको बलियो झण्डा बोकेर नेपाली र नेपालको समृद्धीको लागि एकजुट हुन जरुरी देखिएको छ ।

पटक पटक त्यहि पुरानै गाडी बनाउदैमा होमियौं । नयां गाडी खरिद गर्ने भन्दा त्यही पुरानै गाडीमा पैसा खर्च गर्न बिवस भयौ र छौ पनि तर आज अरु मुलुकमा नयां गाडी किन्नेहरु चन्द्रमा पुगे, मंगलग्रहमा पुगे, हामी भन्दा कयौं पछि रहेका विश्वका कति मुलुक शक्तीशाली बने, हामी भने अहिले सम्म पनि त्यही थोत्रा गाडीलाई नयां भनेर रंग रोगन गराउनमै व्यस्त छौ । यो नै नेपालीको दुर्भाग्य हो ।

हामीले कयौ पटक थोत्रा गाडीहरु चढ्यौ र बनायौ तर गन्तब्यमा कहिले पुगेनौ र पुग्ने कल्पना गर्दै रहेयौ, यो नै पहिलो गल्ती आम नेपाली जनता र युवा राजनीतिज्ञ वर्गवाट रह्यो र भयो । पटक पटक त्यहि पुरानै गाडी बनाउदैमा होमियौं । नयां गाडी खरिद गर्ने भन्दा त्यही पुरानै गाडीमा पैसा खर्च गर्न बिवस भयौ र छौ पनि तर आज अरु मुलुकमा नयां गाडी किन्नेहरु चन्द्रमा पुगे, मंगलग्रहमा पुगे, हामी भन्दा कयौं पछि रहेका विश्वका कति मुलुक शक्तीशाली बने, हामी भने अहिले सम्म पनि त्यही थोत्रा गाडीलाई नयां भनेर रंग रोगन गराउनमै व्यस्त छौ । यो नै नेपालीको दुर्भाग्य हो । त्यसैले अझै समय छ, मडारिएको कालो वादलको भूमरिबाट नेपाल र नेपालीलाई समृद्ध नेपाल बनाउन विशेषत नेपाली युवा वर्ग नेतृत्वको नै प्रमुख भूमिका रहन्छ । तर मेरो गोरुको बाह्ै टक्का भने झैं मेरो बाजेले गरे, मेरो बुबाले गरे, म गरिरहेको छु र भोलिका दिनमा मेरो सन्तानले गर्लान भनेर सातौ जुग सम्म सत्तालाई पेवा बनाएर सत्ताको व्याज खान पल्केका राजनीतिक जुकाहरुलाई सदाका निम्ति मिल्काउन जरुर छ । आज सदियौ देखि रही आएको त्यही राजनीतिक प्रवृतिका कारणले हामी समृद्धिको बाटोमा छलाङ्ग मार्न नसकेको हो ।

अन्त्यमा : साच्चै नेपाली राजनीतिकको निकास र जनताको विकासको समृद्धिमा जान चाहने हो भने अबको बाटो भूमाफिया ,राजनीतिक बेइमानी, सत्ताको लिप्सा मोहलाई सदाका लागि निमिट्यान्न गर्न सकियो भने पक्कै नै समृद्ध नेपालको सपना पूरा हुनेछ । हैन भने ‘जो जोगी आए पनि कानै चिरिएका’ भने जस्तै अबका युवा वर्गले पनि त्यही परिपाटी गरेको खण्डमा ‘कुवाको भ्यागुत्व कुवाको कुवा मै’ भने जस्तै हुने छौं ।
सबैलाई चेतना भया !