सरकारको पहिलो जिम्मेवारी मावनीय व्यवस्थापन नै हो

आफू बाच्नु र अरुलाई बचाउनु नै यस कोरोनाविरुद्धको लडाई जित्नु हो। यसभन्दा अगाडिका विपत्तिहरुमा मानिस यस प्रकारको माहामारी भोग्नु परेका थिए । यहाँ लडाईका लागि प्रयोग गर्न दिएका सम्पूर्ण औजार प्रयोग गर्ने र उच्च सतर्कता अपनाएर प्रतिरोध गर्न सके विजय असम्भव छैन र हुँदैन ।

अध्यक्ष पलाता गाउँपालिका
कदर समाचार
आज विश्व कोराना भाईरसका कारण कम्पएमान भएको छ । यो अचेत बाहेक सचेत नागरिक सबैलाई थाहा छ । यहाँ विश्वका सबै सञ्चार माध्यमहरु यसैमा केन्द्रीकृत भएर सबैलाईसचेत गराइ रहेका छन् । कसैले जीवनको प्रवाह नगरी समाज सेवामा लागेका छन् । कसैले बाध्यता र मानवीय नाताले लाग्नु परेको छ । यो सन्नाठा छाएको बेला कतै आत्महत्या, त कतै जिम्मेवारीबाट पलाएनका कुराले पनि त्यत्तिकै अत्याई रहेको खबर झन जनमानसमा त्रासको राज भैरहेको छ ।
ईतिहासका हरेका कालखण्डमा यस्ता माहामारी बिपत नआएका होईनन् । इतिहासका पानाहरु पल्टाउने हो भने, सन् १७२० मा प्लेग नामक माहामारीबाट विश्वमा १ करोड २५ लाख मानिसले ज्यान गुमाएका थिए । त्यस्तै १८२० मा कोलेरा नामक माहामारीबाट १ लाखको मृत्यु भएको थियो। सन् १९२० मा स्पेनिस फ्लूबाट पाँच करोड मानिसले ज्यान गुमाएका थिए ।
प्रकृतिको एक खेल हो। फेरी इतिहास निहाल्दा कुनै पुरै सजिव प्राणी नष्ट भएको पनि भेटाउन सकिन्छ । हाम्रै अगाडी डाइनोसर विश्वबाट लोप भयो। कुनै माहामारी आउँदा मानव जातिमा पुर्ण रुपमा क्षति भएको पनि त छैन । कुनै बेलाको माहामारीले औसत क्षेत्रबाट हराएको पनि छ । बिपत र माहामारीलाई हेल चक्राई चाहिँ बिल्कुलै गर्नु हुँदैन ।
बिगतको पाठबाट हामीले सिक्नुचाही पर्छ। हिजो कोही जंगल त केहि ओढारमा लुकेर माहामारीबाट बचेको हामीले अध्ययनबाट थाह पाएका छौं । तर, यस्को नाममा आजको परिबेशमा हिजोको शैली अपनाएर बाँच्न सकिँदैन । किन कि समय धेरै अगाडि बढि सकेको छ । सरोकारवालाले गरेको अनुरोध अपनाएको बिधिमा रहनु आजको आवश्यकता हो ।
आफू बाच्नु र अरुलाई बचाउनु नै यस कोरोनाविरुद्धको लडाई जित्नु हो। यसभन्दा अगाडिका विपत्तिहरुमा मानिस यस प्रकारको माहामारी भोग्नु परेका थिए । यहाँ लडाईका लागि प्रयोग गर्न दिएका सम्पूर्ण औजार प्रयोग गर्ने र उच्च सतर्कता अपनाएर प्रतिरोध गर्न सके विजय असम्भव छैन र हुँदैन । आज जो कोहीले सरकार र सरोकारवालाले अपनाउन भनेका कुरा र सञ्चार माध्यमले त्यस्तै विश्व स्वास्थ्य संगठनले तोकेका उपाएहरुलाई अक्षरस पालना गर्नु नै हाम्रो दाइत्व र जिम्मेवारी हो । यो नियम पालना गर्न लगाउने सरोकारी निकायबाट जो कोही नागरिकले सरकार र सरोकारवालाको अनुभूति गर्न पाउनुपर्छ। जब संकट आउँछ त्यति बेला सबै क्षेत्रको उत्तिकै महत्त्व हुन्छ । त्यसमा जिम्मेवार निकायनै अभिभावकत्वबाट बिचलतित हुनु हुँदैन । यदि यो मौका गुमाइयो भने त्यस्को कुनै अस्तित्व हुदैन । आफ्ना नागरिकप्रति बफादार नहुने राज्य हुनु र नहुनु अर्थ रहदैन ।
जस्तो कक्षा कोठामा पढेका र निरन्तर विद्यालय आउने विद्यार्थीको पनि अन्तिम मुल्यांकन परिक्षामा गरिन्छ । हो तयस्तै अभिभावको मुल्यांकन संकटमा गरिन्छ । नागरिकहरुका लागि सरकार अभिभावक हो । त्यसैले सरकार अग्नि परिक्षाको घडिमा छ । आफ्नो सक्रियता तीव्र गतिले अघि बढाएकै छ । पहल कदमी गरेकै छ सबैलाई थाहा छ सबैको इच्छा चाहाना एकै चोटी पूरा गर्न सक्ने अवस्थामा सरकार छैन । किन कि कसैका माग असिमित छन् । हाम्रो मुलक ठूलो लडाईपछि लगत्तै भुकम्पले थिलो थिलो पारेर समालिन नपाउदै यो माहामारिको सामाना गर्नु परिरहेको छ । यहि बीचबाट पनि बिचल्लीमा परेका नेपाली नागरिकहरुको बारेमा सोधि खोजी गर्नु र उनीहरुको व्यवस्थापन गर्नु पहिलो जिम्मेवारी सरकारकै हो । हाम्रो देशका नागरिक बिदेशका गल्ती नचाहारी पेट पाल्न सक्ने अबस्था अहिले पनि छैन । देशभित्र र बाहिरका नागरिकको यो बेला चासो चिन्ता र ब्यबस्थापन उत्तिकै हुन जरुरि छ । यो भन्दै गर्दा कुनै चासो देखाको छैन भन्ने होइन । तर, भन्सारमा किन बिचल्ली छ ? अनि भारतका ठाउँ ठाउँमा घरबाट निकालिर सठकको पेटिमा बाँस बस्न बाध्य भएका खबर उत्तिकै आएका छन् । यस्को लागि जति सक्दो चाँडै पहल हुन जरुरी छ । त्यस्तै विश्वका अन्य मुलुकमा रहेको नेपाली मजदुर र नेपाली नागरिकहरुको अवस्थाका बारेमा सरकार अपडेट हुनैपर्छ । सिमाभित्र हामीले आउन नदिने र भारतले पसु सरहको व्यवहार गर्ने हो भने न छिमेकी असल हुनसक्छ न त हाम्रो सरकारले अभिभावकत्व ग्रहण गरेको मानिन्छ ।
मेरा जनता कतै अलपत्र परेर व्यवस्थापन गर्न नसकी सडकको पेटिमा भोकभोकै मर्ने अवस्था भए के सरकार समालिरहन सक्छौ त ? हाम्रो नैतिकताले सरकार समाल्न दिन्छ त ? हामी जनसरकार हो भनेर जनताका अगाडि मुख देखाउने ठाउँ रहन्छ त ? यी यावत चुनौति छन्। चुनौती र असहजताबाट सरकाले भाग्न मिल्छ ? त्यसैले यस्तो माहामारीमा आफ्ना नागरिकले आफ्नो सरकार र राज्य छ भने आभास गर्न सकुन भन्ने नै हो । नेपाली नागरिकहरु अलपत्र परेका छन् । उनीहरुको बारेमा छिमेकी मुलुकसँग कुटनीतिक पहल कदमी गरेर उद्धार गर्ने र कति दिन क्वारेन्टाइनमा राख्नुपर्छ नेपाली भूमिलाई ल्याएर राख्नुपर्छ । सिमानामा पुगेकालाई कुनै रोक बिना कुनै छुट्टै ठाउँमा व्ग्यवस्थापन गर्नुपर्छ । देशभित्र पनि अमानविय तरिकाले कोठाबाट निकाल्ने र बेसाहारा बनाउने खबरले सनसनि फैलाएको छ । यस्को पनि चाँडो व्यवस्थापन
गर्नुपर्छ ।
हाम्रो पालिकाले बाहिरको नागरिकलाई आफू सरह सम्मान जनक राख्न सक्छौं । अन्य पालिकाले पनि उत्तिकै जिम्मेवार भएर व्यवस्थापन गर्न जरुरी छ । देशभर छरिएर रहेका पालिकाले पलाँताको नागरिकलाई व्यवस्थापन गरिदिए बापत सम्पूर्ण शुल्क तिर्न तयार हुनेछौं । यो बातावरण संघीय सरकारले तयार गरिदिनु पर्नेछ। हाम्रो पहल कदमीले नपुग्ने देखिन्छ ।  यो बेला नागरिक भन्दा सरकार नै बढि जिम्मेवार हो । मास्क र साबुनले मात्र सरकारको अनुभूति हुँदैन। यहाँ पहिलो कुरा मानवीय व्यवस्थापन हो । कोरोनाभन्दा अन्य कारण नागरिकहरुले ज्यान गुमाउने अवस्था नआओस् । यस्मा कोही नचुक्न आग्रह गर्दटु । यदि सरकारलाई धिक्कार्दै सीमानाबाट रुदै भारत तर्फ फर्केका नेपालीहरुका आँसुले धिकार्ने छ । इतिहासले क्षमा दिने छैन । हामी सबैले आज लडाईमा तयार रहनुपर्छ र यस्को व्यवस्थापनको जिम्मा सरकारले लिन्छ र लिनुपर्छ । कारोना र लकडाउनको बाहना देखाएर आफ्ना नागरिकहरुको उद्धार गर्ने दायित्वबाट भाग्न राज्यले मिल्दैन ।
लेखकः पलाँता गाउँपालिका कालिकोटका अध्यक्ष हुनुहुन्छ ।
कुसे न्यूजबाट साभार