स्वास्थ्य मन्त्री ढकाल बिरुद्ध उजुरी

कदर समाचार
चैत्र १९, काठमाडौं । चीनबाट ल्याइएको कोरोना भाइरसको स्वास्थ्य सामाग्री खदिर प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवेकशील नेपाली दलका वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले उजुरी दिएका छन् । मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै आज बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएको बताइएको छ । मन्त्री ढकाल बिरुद्धमा सामाजिक संचालमा व्यापक बिरोधका आवाज आइरहेका बेला यस्तो उजुरी परेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालसम्म किटलाई मान्यता नदिएको, बजार मूल्यभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोनाभाइरस संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरेर अनियमितता गरेको आरोप लगाई रहेकाछन् । उजुरीमा डब्ल्यूएचओले सिफारिस नगरेको, भर पर्न नसकिने खालका र्‘यापिड टेस्टिङ किट’ प्रचलित बजार मूल्यभन्दा बढी मूल्यमा किनिएको भन्दै छानबिनको माग गरिएको छ ।
पौडेलले अख्तियारको वेबसाइटमार्फत् उजुरी दिएको बताएका छन् । सांसद पौडेलले वेबसाइटमार्फत् दिएको उजुरी रुजु भएको अख्तियारका प्रवक्ताले जानकारी दिएको उनले बताएका छन् ।