Breaking News

कर्णालीका विद्यार्थी नेपाल इको प्यानलमा

काठमाडौं । कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले शुक्रबार भक्तपुरस्थित नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय चन्दननाथ ३ जुम्लाका विद्यार्थीले भक्तपुरको झौखेलस्थित इको प्यानलको कारखानामा पुगेर इको प्यानलको उत्पादन प्रकृयाबारेमा अध्ययन भ्रमण गरेका हुन् । शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिंग तेश्रो वर्ष पहिलो खण्डमा अधययन गर्ने प्रशिक्षार्थीहरुले शैक्षिक अध्ययन अवलोकन गरेको कम्पनीले जनाएको छ ।

शिक्षालयका प्रमुख टेकेन्द्रबहादुर थापाले विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जुम्लादेखि भक्तपुरको इको प्यानलको कारखानामा लगिएको जानकारी गराए । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरुले नाफा मात्रै केन्द्रित नभई सिक्ने सिकाउने संस्थाको रुपमा पनि कम्पनीलाई अगाडि वढाई विद्यार्थीलाई ठाउँं दिंदै आएको जानकारी गराए । भविष्यमा निर्माण क्षेत्रमा लाग्ने विद्यार्थीलाई निर्माण सामाग्रीकोबारेमा जानकराी दिन आफूहरुले विद्यार्थीहरुलाई ठाउँं दिंदै आएको जानकारी उनले गराए । अहिलेसम्म देशका विभिन्न इन्जिनियरिंग कलेजहरुमा इन्जिनियरिंग अध्ययनरत विद्यार्थीहरुले कारखानाको अवालेकन भ्रम्ण गरेको जानकारी उनले गराए । भविष्यमा पनि यसका लागि आफूहरु सहयोग गर्ने तत्परता उनले जनाए ।

विद्यार्थीलाई इको प्यानलका प्रमुख इन्जिनियर कृष्णसुन्दर कुम्पाखले जानकारी गराएका थिए । इको प्यानल आधुनिक निर्माण सामाग्री भएको र यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने जानकारी उनले गराएका थिए । कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा लगेर जोड्दा मात्रै पुग्ने भएकाले इको प्यानलको प्रयोगबाट तीव्र निर्माण सम्भब भएको उनले जानकारी गराएका थिए । साथै कर्णाली जस्तो विकट पहाडी ठाउँंहरुमा पनि सजिलै ढुवानी गर्न सक्ने जानकारी उनले गराएका थिए । हलुका हुनाले विकट ठाउँंहरुमा सजिलै लान सकिने उनको भनाई थियो ।

नेपाल इको प्यानल भूकम्पप्रतिरोधी छ । साथै यो आइओसी चिन्ह प्राप्त पनि छ । स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा यसको प्रयोग हुन्छ । डिलरहरुमार्फत् यसले देशभरि आफना उत्पादनहरु विक्रीवितरण गर्दै आएको छ । यसको कर्पाेरेट कार्यालय भक्तपुरको सल्लाघारीमा रहेको छ । कारखाना भने जिल्लाको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।