पचालझरना गाउँपालिकाद्धारा १२ बुँंदे निर्णय सार्वजनिक

विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रत्येक वडामा आएका अपरीचित मान्छहरु जाने र आउनेहरुको रेर्कड राख्ने, प्रत्येक वडाले युवाहरुलाई परिचालन गरी सुरक्षित बस्नको लागि सरकारले लागु गरेको लकडाउनलाई प्रभावकारी बनाउने,

कदर समाचार
चैत्र २०, बिहीबार,  कालिकोट , जारकोट । पचालझरना गाउंपालिकाको कार्यालय जारकोटमा हिजो बुधबार बसेको गाउँपालिकाको कार्यसमितिको बोर्ड बैठकले १२ बुदेँ निर्णय सार्बजानिक गरेको छ । सो कुराको जानकारी सोही गाउँपालिकाका प्रचारविभाग प्रमुख अनरुप रोकायाले कदर न्यूजलाई बताउनु भएको छ । उहाँका अनुसार विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रत्येक वडामा आएका अपरीचित मान्छहरु जाने र आउनेहरुको रेर्कड राख्ने, प्रत्येक वडाले युवाहरुलाई परिचालन गरी सुरक्षित बस्नको लागि सरकारले लागु गरेको लकडाउनलाई प्रभावकारी बनाउने, आफ्नो गाउँ, वडा, टोल अनि प्रत्येक घरमा सरसफाईमा बिशेष ध्यान दिने, छिमेकी देश तथा अन्य जिल्लामा अलपत्र परेका आफ्नो गाउँका मान्छेलाई उद्धार र तिनीहरुको व्यवस्थापन गर्ने, कोराना भाइरसमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप खाजानास्ता वापत दैनिक रु ५०० दिने निर्णय भनिएको छ ।

त्यस्तै गाउँपालिकाको बैठकले कोराना भाइरससँग समबन्धित कार्यमा खटिएका स्वास्थ्यमर्कीलाई ५ लाखको स्वास्थ्य बीमा गरिने समेत बताएका छन् । त्यस्तै गाउँपालिका अध्यक्ष खडकराज सेजुवालको संयोजकत्वमा विपद ब्यबस्थापन समन्वय समिति गठन । त्यस्तै गाउँपालिकाको बिपद ब्यवस्थापनका लागि गाउँपालिकाका कर्मचारीहरुले ३ दिन बराबरको तलब भत्ता विपद ब्यबस्थापन कोषमा जम्मा गरि परिचालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै वडा नं. ३ का वडा अध्यक्ष लोकजन कठायतको संयोजकत्वमा एम्बुलेन्स संचालक समिति पनि गठन, त्यस्तै प्रत्येक वडाहरुमा भारत लगायत अरु देशबाट आएका र कोरोना संक्रमण लक्ष्यणका शंकास्पद ब्यक्तिहरुलाई स्वाथ्य चेकजाँच गरि क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउन समेत भनिएको छ । साथै विपत सम्बन्धी संघीय सरकार र प्रदेश सरकारले तोकिएका मापदण्डअनुसार परिचलान गर्ने निर्णय समेत गरिएको कुरा जानकारी गाउंपालिका प्रचारविभाग प्रमुख तथा ४ वडा कार्यालय वडाअध्यक्ष अनरुप रोकायाले बताउनु भयो ।