२४ पुस, काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ । घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेकी थिइन् ।
लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो ।
मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको गरेका थिए ।
इन्सपेक्टर बस्नेतका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका रहेछन् ।
घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए ।