अक्षरहरुको घरमा सजिएकी छु,
सहर र महलको पैसामा हैन ।
अक्षरको मित्रता खोजेकी छु,
सौन्दर्य र सजावटको हैन ।।
अक्षरको मूर्तिमा सजिएकी छु,
कुनै मूर्तिकारको आवश्यकता छैन ।
आफै नै शिक्षितमा गई एक्लो
मौनता र लेखनलाई आश्रय
दिइएकी छु, अन्त कतै छैन ।।
कलमलाई अक्सिजन बनाएर
दिमाग सौन्दर्य बनाएकी छु ।
अक्षरको मूर्तिमा कु“दिंदा,
पैसाको महलको
धनी हुन बिर्सेकी छु ।।
अक्षरको घर बनाई जिउने रहर छ ।
आफ्नो जन्मभूमिस“ग परिचित भई
त्यसैले अक्षरको गस्तीमा चुप छु ।
चलेको कलमलाई निरन्तरता
सास रहेसम्म दिइरहनेछु ।।