पर्यटकीय गन्तव्यको रुपमा रसुवाको फिकुरी डाँडा

कदर समाचार
चैत्र १७, काठमाण्डौ । पर्यटकलाई घुम्न र मनमोहन दृश्य अवलोकनका लागि रसुवा नुवाकोट पर्यटन समाजले फागुनको दोस्रो साता देखि फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन अवलोकन तथा परिचयात्मक भ्रमण गरेको छ ।
फागुन ११ गतेदेखि सुरू भएको रसुवा र नुवाकोटमा पर्ने ट्रेल भ्रमण नुवाकोट दरबारबाट सुरू भएर फागुन १५ गते रसुवाको घलेगढी पुगेर टुंगिएको थियो । सूर्यगढीबाट सुरू भएको कार्यक्रम भाल्चे, किस्पाङ, फिकुरी, ठूलो गाउँ हुँदै घलेगढीमा पुगेर सम्पन्न भएको रसुवा–नुवाकोट पर्यटन समाजका ले जानकारी दिएको छ । फिकुरी डाडाँलाई पनि नेपालको पर्यटकीय बजारसम्म जोड्न कार्यक्रमको आयोजना गरिएको छ ।
‘फिकुरी ट्रेक काठमाडौं नजिक भएर पनि आफैंमा रोमाञ्चक छ । बत्तीमुनिको उज्यालो रहेको यो ठाउँलाई पर्यटकीय बजारसँग जोड्ने नै मुख्य कोशिस हो ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भएको कार्यक्रमलाई सूर्यगढी, किस्पाङ, उत्तरगया, कालिका गाउँपालिकाले समन्वय गरेको
थियो । राजधानी नजिक अनि पर्याप्त स्रोत र साधन भएर पनि नुवाकोटमा पर्यटकीय गतिविधि सोचे अनुसार हुन नसकेको सकेको छैन ।
‘फिकुरे डाँडा ट्रेलका प्राकृतिक, साँस्कृतिक गतिविधिलाई नेपालको पर्यटकीय क्षेत्रसँग जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको
हो । पर्यटक भ्रमणपछि यो क्षेत्रमा तत्कालै सुधार गर्नुपर्ने केही भौतिक निर्माणका सामानको पुनर्निर्माण, दक्ष जनशक्तिको उत्पादन गर्नुपर्ने देखिएको छ । साथै यहाँको स्थानीय कला र संस्कृतिसँगै पर्यटकीय उत्पादनलाई विश्व बजारमा पुर्याउन सकिने रहेछ ।
३८०० मिटर उचाइको फिकुरी डाँडा, ढ्वाछाप भेडा खर्कमा पुगेर ५५ जनाको संख्यामा रहेको टोलीले ‘क्याम्पिङ’ गरेको थियो ।
फिकुरे डाँडाँबाट लाङटाङ, गणेश हिमाल, मनास्लु, गोसाइकुण्ड रेन्ज सहजै देख्न सकिन्छ । साथै हिमाली जनजीवन र संस्कृति अवलोकन गर्न सकिन्छ । त्यसै गरी टिममा अभिभावकको रूपमा यात्रामा सहभागी नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका कार्यकारी सदस्य, पूर्व टान अध्यक्षतथा वरिष्ठ पर्यटन उद्यमी दीपक महतले ट्रेल अत्यन्तै सम्भावना बोकेको भएकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताएका
छन् ।
नयाँ पर्यटकीय स्थानको पहिचान र प्रवर्द्धनपछि आन्तरिक पर्यटकले हिमाली जिल्ला रसुवाको लाङटाङ, तामाङ हेरिटेज ट्रेल, गोसाईकुण्ड सँगै यो ट्रेलको पनि भ्रमण गर्न सक्नेछन् ।  मल्डी डे ट्रेकका रूपमा रहेको यो ट्रेलमा बेत्रावती उत्तरगया, मानेगाउँ, तामाङ बस्ती, धाल्चे, नेपालकै पहिलो भेडा फार्म, किस्पाङ, गुम्बा र पोखरी, ठूलो ढुंगा, फिकुरी डाँडा, सातदोबाटो, रसुवाको गुरूङ बस्ती ठूलो गाउँ । विशाल ढुंगा जहाँ ढुंगामाथि चउर पाँच हजार मानिस एकै पटक अट्ने क्षेत्रहरू छन् ।