Breaking News

हर्मोनका कारणले शरीरमा हुने फाइदा,बेफाइदा

कदर समाचार
चैत्र १७, काठमाण्डौं । हर्मोन एक प्रकारको रसायन हो । हाम्रो शरीरका विभिन्न ग्रन्थीले फरक–फरक हर्मोन उत्पादन गर्छ । जसको काम पनि छुट्टाछुट्टै हुन्छ । जस्तैः घाँटीमा थाइरोइड ग्रन्थी, मष्तिष्कमा पिट्युटरी ग्रन्थी, प्याराथाइरोड ग्रन्थी हुन्छ । पिट्युटरी ग्रन्थीले चाररपाँच वटा हर्मोन उत्पादन गर्छ । सोहीमध्येको एउटा हर्मोनले थाइरोइड ग्रन्थीलाई उत्तेजक बनाउँछ । त्यसले नै थाइरोइड हर्मोन उत्पादन गर्छ । थाइरोइड हर्मोनले शरीरका विभिन्न अंगलाई सही ढंगले चलाउन र त्यसलाई जिवित राख्न सहयोग गर्ने थाइरोइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.अमृत त्रिपाठीले बताए ।
थाइरोइड हर्मोनसँगै रहेको प्याराथाइरोइड ग्रन्थीले प्याराथाइरोड हर्मोन उत्पादन गर्छ । जसले शरीरमा क्याल्सियमको मात्रा ठिक राख्छ । त्यसैगरी, प्याङक्रियाज (आमाशय) ग्रन्थीले इन्सिुलिन हर्मोन निकाल्छ । सोही हर्मोन कमी हुुदा मधुमेह रोग लाग्छ । शरीरमा हुने कटिसन हर्मोनले ग्लुकोजको मात्रा मिलाउँछ । अल्डोस्टोरल ग्रन्थीले ब्लडप्रेसर नियन्त्रण र नुनको मात्रा शरीरमा ठिक राख्छ। यी लगायतका अन्य हर्मोनको काम पनि महत्वपूर्ण हुन्छ ।
हर्मोनका प्रकार ः ‘केमिकल्ली’ तीन प्रकारमा विभाजन गरिएको हुन्छ । ती हुन्ः एमाइन हर्मोन, पेप्टाइड हर्मोन, तेस्रो स्टेरोइड हर्मोन । थाइरोइड हर्मोन एमाइन गु्रपभित्र पर्छ । एड्रेनल ग्रन्थीबाट निस्केको मेल सेक्स अर्गान टेस्टिस, फिमेलको डिम्बासयबाट निस्कने हर्मोन स्टेरोइड हर्मोनभित्र पर्छ । यी बाहेक ब्रेनमा भएको हाइपोथालामस, आमाशयबाट निस्कने हर्मोन लगायतका अधिकांश हम्रोन पेप्टाइड ग्रुपमा पर्छन् ।
हर्मोन गडबढी हुँदा कस्ता समस्या
प्रत्येक हर्मोनको शरीरमा जुन भूमिका हुन्छ त्यही नै गडबढी भएपछि सोहीअनुसारको लक्षण र रोग देखापर्ने डा. त्रिपाठीले जानकारी दिए। जस्तैः मधुमेह इन्सुलिन हर्मोनको गडबढीले हुन्छ । त्यसैगरी, थाइरोइड ग्रन्थी घाँटीको रूद्रघन्टीको दायाँ र बायाँ हुन्छ । उक्त हर्मोन बढी वा घटी उत्पादन हुनसक्छ । थाइरोइड हर्मोन बढी हुने अवस्थालाई हाइपडथाइरोडिजम भनिन्छ । यो बढी हुँदा मुटु छिटो चल्ने, पसिना आउने, महिनावारी गडबढी हुने, पखाला लाग्ने, मेटाबोलिजम छिटोछिटो हुन्छ ।
आफु जिवित रहेर कोशिका वृद्धि गर्नु, खानेकुरालाई शक्तिमा रूपान्तरण गर्ने र त्यही शक्तिलाई प्रयोग गरेर कोशिकालाई जिवित राख्नु नै मेटाबोलिजम हो । जुन कामलाई नियन्त्रणमा थाइरोइड हर्मोनले राख्छ। यसैगरी, यो हर्मोन थोरै उत्पादन हुँदा तौल बढ्ने, कपाल झर्ने, कब्जियत हुने, थकान महशुस हुने, काम गर्न मन नलाग्ने लगायत हुन्छ । महिलामा ‘सेक्स हर्मोन’ गडबढी छ भने पोलिसिस्टिक ओभेरीयन सिन्ड्रम हुनसक्छ ।
पुरूषमा टेस्टोस्टोरम हर्मोन हुन्छ, जुन कुन समयमा कमी आएको हो त्यसमा भर पर्छ । पिभर्टी भन्ने एउटा समय हुन्छ, सोही समय भन्दा अघि कमी आएको हो भने यौवन अवस्थामा आउने परिवर्तन नआउने, पुरूषको जस्तो आवाज निस्किन्छ । ‘पिभर्टी’ भन्दापछिको समयमा हर्मोन कमी भएमा यौन जीवन असन्तुष्ट हुने लगायत समस्या निम्तिन्छन् । त्यस्तै, मष्तिस्कमा हाइपोथालामस क्षेत्र हुन्छ । जसले ५–६ किसिमका हर्मोन उत्पादन गर्छ । यसले मष्तिष्कमा भएका पिट्युटरी ग्रन्थीलाई रेगुलेट गर्छ ।
हाइपोथालामसमा नै गडबढी भए त्यससँग सम्बन्धित विभिन्न समस्या
निम्तिन्छन् । जस्तैः ब्रेनमा ट्युमर छ, विभिन्न रोगहरू छन्, कुनै इन्फेक्सन छ भने हाइपोथालामसमा हर्मोन गढबढी हुन्छ । जुन हर्मोन गडबढी हुन्छ, सोही हर्मोन विशेषका समस्याहरू आउने डा. त्रिपाठी बताउँछन् ।
यसकारण हर्मोन गडबढी ः हर्मोन एउटा कारणले मात्रै गढबढी हुन्छ भन्न सकिदैन । जस्तैः थाइरोइड हर्मोन गडबढी हुनुको एक कारण ‘अटो इम्युनिटी’ हो । जसले बाहिरको ब्याक्टेरियासँग आक्रमण गर्नुपर्नेमा कहिलेकाही भित्री अंगहरूसँगै आक्रमण गर्छ ।
‘विशेषगरी थाइरोइडमा अटो इम्युन मेकानिजसमबाट आफ्नो थाइरोइड ग्रन्थीलाई विनास गर्छ । यस्तो भएपछि अटो इम्युनले कहिलेकाही थाइरोइड हर्मोन उत्पादन बढी गराउनसक्छ । जसलाई हाइपोथाइराडिजम भनिन्छ । त्यस अवस्थामा थकान हुनु, काम गर्न मन नलाग्नु, दिउँसो निद्रा लाग्नु, तौल बढ्दै जानु, कब्जियत हुनु, महिनावारी गढबढी हुनु, कपाल झर्नु जस्ता लक्षण देखिन्छन् । ‘हाइपोर्डथाइराडिजम’ अवस्थामा यसको विपरीत लक्षण देखिन्छन् । जस्तैः मानिस उत्तेजित हुनु, पसिना आउनु, मुटु ढुकढुक हुनु, गर्मी सहन नसक्नु लगायत हुन्छ । अटो इम्युनिटले भने थाइरोइड ग्रन्थीको ‘अटो इम्युन डिस्ट्रक्सन’गर्छ। नेपालमा मानिसले थाइरोइड भयो भन्नु यही ‘हाइपोथाइ राडिजम’ रहेको हुन्छ । इन्सुलिन हर्मोनको गडबढी भएपछि मुधुमेह हुन्छ । मधुमेहको दुइवोटा टाइपमा टाइप वान पनि यही अटोइम्युन मेगानिजमअनुसार हुन्छ । त्यस्तै, प्यानक्रियाज ग्रन्थीमा ‘बिटासेल्स भन्ने क्षेत्र हुन्छ जसले इन्सुलिन बनाउँछ । उक्त बिटासेल्सको ‘अटो इम्युन डिस्ट्रक्सन’ भएपछि इन्सुलिन बनाउन पाउँदैन र मधुमेह हुन्छ, जुन टाइप वान मधुमेह हो । अर्को, टाइप टु मधुमेहमा बिटासेल्सले इन्सुलिन प्रर्याप्त बनाउँदा बनाउँदै पनि मोटोपना, अस्वस्थ जीवनशैली, असन्तुलित खानपान, अत्यधिक तनाव, व्यायामको कमीले इन्सुलिन रेसिस्ट्यान्स गराएर बिस्तारै काम गर्न नदिने अवस्था निम्ताउँछ ।
त्यसपछि बिटासेल्सले इन्सुलिन नै नपुेको होकी भनेर उत्पादन बढाउन सुरु गर्छ । विस्तारै बिटासेल्सको क्षमता पनि कम हुँदै जान्छ । यसरी ‘टाइप टु’ मधुमेह हुन्छ । यससँगै एड्रेनल ग्रन्थी जुन मिर्गौलाको अपर पोलमा हुन्छ जसले ‘एक्स्ट्रा एक्सेस कट्टिसोल बनाउँछ । एड्रेलन ग्रन्थीभित्र कुनै ट्युमर निस्कियो, सेल्सहरू वृद्धि भयो भने कट्टिसोल ओभर प्रोडक्सन हुन्छ वा अल्डोस्टोरल प्रोडक्सन हुन्छ । कट्टिसल ओभर प्रोडक्सन भए पनि मधुमेह हुन्छ । र मुख सुन्निने, तिघ्रा र पेटमा रातो–रातो मोटो धर्सा देखिने, ढाडमा बोसो जम्मा हुने, मांशपेशीहरू कमजोर हुन्छ । यसले गर्दा सिढी चढ्न गाह्रो हुने, कपाल कोर्दा दुख्ने, बसेर उठ्दा गाह्रो हुन्छ । यदि कट्टिसोल कम बनेमा मधुमेह र प्रेसर कम हुन्छ जसलाई एड्रिनल इनसफिसियन्सि’ भनिन्छ । जुन ‘प्राइमरी’ र सेकेन्डरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *