कविता
ए झरी कति झरछस् घरीघरी,
दिन–रात परी रहन्छस् मरीमरी !
कति ओढार, कति पाल, बसेका होलान् कठै बरी,
बास लगि, साथ लगिस, अझै किन पर्छस् तरीतरी !
सखाप पारी निसानै नरही, त्यो पैरो भित्र लुकिछिपी गरी,
सन्तानै लगिस् आफन्तै लगिस, पुगेन अझै झर्छस मरीमरी !
बस्ने बास छैन, खाने गाँस छैन, जमिनको निसानै नरही,
संगीनी रुदै बालबच्चा सम्हाल्दै, देखेको छैनस ए दैव कठै !
त्यो घर, बाख्रा र भैसी ड्ड्या र डुडु गर्दै बिलन भए,
यो पापी झरी रोकिन्न अझै काका र काकी कता हराए, हराए !
ए झरी तिमी कति पर्छौ, रात-दिन फेरीफेरी,
गरिब हुँ म बुझिदेऊ पीडा रोकिदेऊ ए जलपरी !