देशभरमा ११७२ जना कोरोना भाइरसका संक्रमिण थपिए

७ असोज, काठमाडौं । आज बुधबार देशभरमा ११७२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै आजै १८९३ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।