जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा मुद्दा लागेका रास्वपा सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रास्वपा सभापति लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन्।
रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न कास्की अदालतले आदेश दिएको हो।