काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा हिजो धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।
कास्की जिल्ला अदालतको आदेश अनुसार हिजो बिहीबार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी कास्की प्रहरी हिरासतबाट रिहा भएका थिए । अदालतबाट छुटेपछि प्रहरीले अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनलाई परिवारको जिम्मा लगाएको थियो ।