नेकपा कर्णाली प्रदेशले कालिकोटका नौ वटै स्थानीय तहको लागि नेताको जिम्मेवारी तोेक्यो

७ असोज, कालीकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हालै सचिवालय बैठकबाट बाँकी संगठन विस्तार र जिम्मेवारी पूरा गर्ने निर्णय र प्रदेशित बिषेश परिपत्रको आधारमा नेकपा कर्णाली प्रदेशले नगर तथा गाउँपालिकोको ईन्र्चाजको जिम्मेवारी तोकिए अनुसार कालिकोट जिज्लाका ९ वटौ स्थानीय तहका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । कालिकोटमा ६ वटा गाउँपालिका र ३ वटा नगरपालिका गरी नौं स्थानीय तह छन् । सो नौ वटै स्थानीय तहमा नेकपाले आफ्नो संगठन सुदृढ, बलियो र आगामी पार्टीको संगठनात्मक रणनीति अनुसार कर्णाली प्रदेश कमिटीले कालिकोट जिल्लाका नौ वटै क्षेत्रमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

कालिकोटका नौ वटै स्थानीय तहमा तोकिएका कमरेडहरुको नामावली यस प्रकार छन् :

रास्कोट नरपालिकामा राष्ट्रिय सभा सदस्य नरपती सुनार

खडाचक्र नगरपालिकामा गंगा खड्का बोगटी

तिलागुफा नगरपालिकामा खडाचक्र नगरपालिकाकी उपमेयर विजया बिष्ट

महाबै गाउँपालिकामा लक्ष्मी चौलागाई (शैलन्द्र)

शुभकालिका गाउँपालिकामा भरत राज धिताल

नरहरीनाथ गाउँपालिकामा बिष्णु विक (बिकल्प)

शान्ति त्रिवेणी गाउँपालिकामा बिरेन्द्र बोगटी

पचालझरना गाउँपालिकामा देवजंग शाही

पलता गाउँपालिकामा तुलाराज सिमखाडा

लाई स्थानीयतह इन्चार्जको जिम्मेवारी तोकेको छ बताएका छन् ।

साथै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को ईन्चार्जमा जिल्ला पार्टी संयोजक धनजित शाही र प्रदेश सभा निर्वाचन २ को ईन्र्चाजमा जिल्ला पार्टी सचिव नगेन्द्र शाहीलाई जिम्मेवारी तोकेको छ । बताइएको छ ।