सँगै बस्दा ढुकढुकी तिम्रो नछामेको धेरै भो

गजल

मैले बोलाउंदा हजुर तिमिले नभनेको धेरै भो
मनको ढोका खोलेर नहाँसेको पनि धेरै भो
भेट हुँदा अंगालोमा नबेरेको पनि धेरै भो
मैले बोलाउंदा हजुर तिमिले नभनेको धेरै भो

सँगै बस्दा ढुकढुकी तिम्रो नछामेको धेरै भो
रिसाउंदा तिमी आँखा तरि नहेरेको धेरै भो
लड्न खोज्दा हात समाई नथामेको धेरै भो
सँगै बस्दा ढुकढुकी तिम्रो नछामेको धेरै भो

एकान्तमा आफै बिर्सि मनमुटु नसाटेको धेरै भो
तिम्रो हातको पानी पिई प्यास नमेटेको भेरै भो
उकाली उक्लदा हात समाई नतानेको धेरै भो