भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

२६ भदौ, काठमाडौं । भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ ।

मध्यपुर थिमी नगरपालिका(९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीका अनुसार शव शुक्रबार साँझ फेला परेको हो ।

उनका अनुुसार हामी घटनास्थलमै छौं, अहिले कारण के हो खुल्न सकेको छैन,’उनले भने,’हामी अनुसन्धान गर्दैछौं ।