नारी को जिबन

कविता

नारी धर्ती हो, मानव जगत नै सृजना गरेको छ,
देखुन वा नदेखुन नारी अमुल्य र अपरिहार्य छ ।

आलोचना र अमानबीयता संग लड्नु छ,
जन्म घरदेखि पराई घरसम्मको सङघर्ष गर्नु छ ।

त्यसैले त इतिहास बदल्न खोज्दै छौ,
सङघर्षको बलबाट माथि उठ्ने कोशिसमा छौ ।

अन्याय र अत्याचारलाई मारेर माथि उठ्नु छ,
त्यही अपहेलित र असब्य समाजको नाम बदल्नु छ ।

हो नारी के हो, नारीलाई नै सोध,
दायित्व के हो, नारीको योगदानलाई बुझ ।

आज त्यही, संङघर्ष मा उठेर जिउनु छ,
अन्याय र कुन्ठित समाजका नारीलाई उठाउनु छ ।

हाल  : मिर्मी, स्याङ्जा