काँडाघारीमा सैलुन चलाउनेलाई कोरोना देखिदा सो क्षेत्र सिल

७ भाद्र, काठमाण्डौ । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले सात दिनका लागि निषेधाज्ञ जारी गरेको तर पनि उपत्यकामा संक्रमण कम भएकाृ छैन । आज काठमाण्डौंको काँडाघारी सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि क्षेत्र सिल गरिएको छ ।

समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा दाह्री–कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको छ । स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको हो ।

सरकारले सैलुन सञ्चालन खुला नगरे पनि लुकिछिपी ठाउँ–ठाउँमा सैलुन सञ्चालन भइरहेका छन् ।

कपाल काटिदिने सैलुन सञ्चालकमा कोरोना देखिएको भएर त्यस क्षेत्र सिल गरिएको छ । साथै सैलुनमा कपाल काट्न को–को गएका थिए, कन्ट्रयाक ट्रेसिङका काम भइरहेको छ ।

काँडाघारी क्षेत्रमा नगरपालिकाकै धना बस्ती भएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन कडाइ सुरू गरिएको छ ।