महाराजगंञ्ज प्रहरी वृत्तमा एक कैदी र ५ जना प्रहरीमा कोरोना संक्रमण

७ भाद्र, काठमाण्डौ । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसले संक्रमण लिन थालेपछि सरकारले उपत्यकामा एक हप्ते निषेधाज्ञ जारी गरेपनि कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । आज महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखिएका कर्तव्य ज्यान मुद्दाका एक जना आरोपीमा संक्रमण देखिएको छ ।

हालै मात्र गोंगबुमा २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरी हत्यामा संलग्न अभियुक्तलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

अभियुक्तलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा ५ जना प्रहरीलाई पनि संक्रमण देखिएको छ । संक्रमित सुरक्षाकर्मीहरुलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

अभियुक्तलाई भने नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरिएको
छ । वृत्तका डीएसपी रोशन खड्काले संक्रमित प्रहरी उपचाररत भए पनि सेवा प्रवाह भने नरोकिने बताए ।