Breaking News

-काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ लाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण_

काठमाडौँ : अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको छ । बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु¥याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ -KIOCH_ लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भन्नुभयो : “३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौँ । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पु¥याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो, र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।” त्यसैगरी उक्त कार्यक्रममा सहयोगको प्रभावबारे चर्चा गर्दै, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले भन्नुभयोः “ यस इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमहरूमा अब यी सवारी साधन प्रयोग गरिनेछन् । संक्षेपमा भन्नुपर्दा, हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् र हाम्रो काम अधिक सहज तथा प्रभावकारी बनेपछि अप्रत्यक्ष रूपमा पनि धेरैले फाइदा लिन सक्नेछन् । स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनाउन मद्दत पु¥याएकोमा हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।” अग्नि ग्रुपको æRising TogetherÆ भन्ने मूल्य–दर्शनले व्यवसायिक सफलता मात्र होइन, समुदायको उन्नतिलाई पनि उत्तिकै महत्व दिन्छ । वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एसयूभी४०० इलेक्ट्रिक एसयूभीहरूले -KIOCH_ का स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछन् । अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ । यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालका पिआईसियु र एनआईसियु को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, भर्ना भएका बालबालिकाका अभिभावकका लागि “अग्नि विङ” नामक सुविधासम्पन्न प्रतीक्षालय पनि स्थापना गरेको छ । KIOCH को उद्देश्य १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय मानकअनुसार किफायती, गुणयुक्त र समग्र स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउनु हो । यसले विशेषगरी कमजोर तथा जोखिममा रहेका समुदायका बालबालिकालाई समान अवसरका साथ दिगो स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्छ । अग्नि समूहद्वारा गरिएको यो सहयोग समुदायप्रति उन्मुख संस्थागत जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । ३५ वर्षको यात्राले समूहको प्रगतिलाई मात्र होइन, समुदायसँगको सहयात्रालाई पनि सुदृढ बनाएको छ किनकि, “संगै अघि बढ्दा मात्र वास्तविक प्रगति सम्भव हुन्छ ।”

नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी, राष्ट्रिय टोली आज मलेसिया प्रस्थान

काठमाडौं,  नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली...

शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज स्थानीय निकायलाई हस्तान्तरण

-सन्जिब दुलाल  हेटौँडा । बागमती प्रदेश संस्कृति पर्यटन मन्त्रालयबाट निर्माण सम्पन्न भएको दोलखाको शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ ।...

अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत

काठमाडौं । अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिता २०२५ (एपीडीसी अवार्ड) का उत्कृष्ट विद्यार्थीहरु विहीबार पुरस्कृत भएका छन् । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान।

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई दृष्टिगत गर्दै, सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरुमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र...

नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा 2G/4G सेवा सञ्चालनमा

नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा 2G/4G  सेवा सञ्चालनमा ल्याएको छ । हुम्ला जिल्लाको...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग App बाट हवाई टिकट खरिदमा रु. ५०० क्यासब्याक

ज्योति विकास बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाईल बैंकिङ्ग App, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा रु. ५०० क्यासब्याक प्राप्त...

अरुणखोला नजिक यात्रुवाहक बसले गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठठमाडौं । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत अरुणखोला नजिक एउटा यात्रुवाहक बसले गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी मधु...

अमेरिकाले डिपोर्ट गरेका थप ३५ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकाले डिपोर्ट गरेका थप ३५ जना नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गराएको हो...

आज अन्तर्राष्ट्रिय बाल दिवस

काठमाडौँ । आज अन्तर्राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित...