१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले हराएको छ । पहिलो हाफमा अर्जेन्टिनाले २–० अग्रता लिएको थियो ।
अर्जेन्टिने खेलाडी जियोभानीले खेलको १९औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ३१औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
पहिलो हाफलमा २ गोलले पछि परेको जोर्डनले खेलको ५५औं मिनेटमा अल–तमारीले गोल गर्दै २–१ को खेलमा परिणनत गरेका थिए ।
अर्जेन्टिनाका कप्तान तथा सर्वाधिक स्टार लियोनेल मेस्सी खेलको ६० औं मिनेटमा मैदान छिरेको ८० औं मिनेटमा लामो फ्री किकमार्फत गोल गर्दै ३–१ कोे खेलमा भए पनि अर्जेन्टिना समूह बिजेता बन्दै बिजयी भयो ।
२०२६ जारी विश्वकपमा मेस्सीको छैटौं गोल हो । यसअघि उनले अल्जेरियासँग ह्याट्रिक र अस्ट्रियासँगको खेलमा दुई गोल प्रहार गरेका थिए । यो गोलसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको छ ।

