आज बिहान करिब ७ बजेको समयमा बा ३ खा ६२५९ नम्बरको ओम जनता बस मातातिर्थ बसपार्कमा स्टार्ट गरेर राखेको अवस्थामा एकाएक आफै गुडेर खोलन किनारामा खस्न पुगेको छ । न्युटलमा रहेको बस आफै गुड्दा बसपार्कबाट करिब १०० मिटर तल सडकबाट खोलामा खस्न पुगेको छ। ड्राइभरले बसलाई न्यूटलमै स्टार गरेर चिया खान गएको बेला सो बस एकाएक खोलामा खस्न पुगेको थियो। बस आफै गुडेर हिडेपछि बसलाई ड्राइभर बस पछिपछि दौडेर रोक्न खोजे पनि त्यो सम्भव भएन । यसमा ड्राइभरको लापरवाही भन्ने कि, बसभित्रको प्राविधिक खराबी भन्ने । खासमा यस्तो घटना हुन नदिन ड्राइभरले बस स्टाट गरेर छोड्नु हुँदैन यदि त्यसो गरेपनि ओट लगाउँदा पनि हुने थियो । स्टार्ट गरेर सट्टा गरेर मात्रैगरेर राखेको बस हल्का ओरालोमा भएको कारणले पनि आफै गुडेर खोला किनारामा खस्न पुगेको हुनसक्छ। सो बसलाई अहिले क्रेनको सहायताबाट निकालिएको छ। बसमा केही क्षति भएको छ ।
पछाडिको भाग पुरै च्यापिएको छ । बसको अगाडिको सिसा पुरै फुटेर झरेको छ । अन्य भागमा पनि क्षति पुगेको छ । बसले खोला किनाराको वालमा राखेका फलामको पोल भाचेर खसेको छ । साथै वाल समेत भत्काएको छ । बस गुडेर गएर खोल्सामा खसे पनि कुनै मानवीय क्षति वा कुनै भौतिक क्षति गरेको छैन । यस्ता घटना फेरि पनि नदोेहोरिन दिन बस संचालक समिति, स्थानीय निकाय, प्रहरी निकाय, सम्बन्धित पक्ष र सबै बसेर छलफल गरी सुधारका काम गर्नु आवश्यक भएको छ । यसै ठाउँमा एक वर्ष अगाडि पनि यही ओेम जनताको बस यही क्षेत्रमा खस्न पुगेको थियो।

