१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीचको रोमाञ्चक बनेर बराबरीमा टुंगिएको छ ।
दुवै टोलीले अन्तिम समयमा ३–३ गोलको बराबरीमा खेल टुंग्याएका हुन् । यो नतिजा आउन दुवै टोलीले इन्जुरी समयमा १–१ गोल थप्दा खेल निकै रोमाञ्चक बनेको हो ।
४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित ९० मिनेटसम्म थप गोल भएन । इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले अर्को गोल गर्दै अल्जेरिया जित नजिक पुग्यो ।
तर, लगत्तै इन्जुरी समयकै छैटौं मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काएर खेल ३–३ को बराबरीमा टुंग्याए ।
यो नतिजासँगै समूह ‘जे’बाट दुवै टोली नकआउट चरणमा प्रवेश पाए । एक जित, एक बराबर र एक हार बेहोरेर ४ अंक बटुलेको अस्ट्रिया अंक तालिकामा दोस्रो रहँदै नकआउट पुग्दा समान नतिजासहित ४ अंक बटुलेको अल्जेरिया गोलअन्तरले पछि पर्दै तेस्रो भयो ।
तर, प्रतियोगितामा उत्कृष्ट तेस्रोमा रहँदै उसले पनि नकआउट चरणमा स्थान बनाएको हो । यो समूहबाट सबै जित निकाल्दै साविक विजेता अर्जेन्टिना समूह विजेता रह्यो ।
जोर्डन भने बाहिरियो ।

