नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउँदै नयाँ इतिहास रच्ने तयारीमा छिन् । एक समय नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित उरुषा अहिले अमेरिका पुगेपछि अभिनय, अध्ययन र सिर्जनात्मक क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने अभियानमा लागेकी छिन् ।हाल उरुषा अमेरिकास्थित Goshen College मा सिनियर वर्षमा अध्ययनरत छिन् । उनले फिल्म र थियटर विषयमा अध्ययन गरिरहेकी छिन् । उनले उत्कृष्ट GPA कायम गर्दै...