Breaking News

सरकारले विदेशी ऋण लिने निर्णयको विरोध गर्छौं : सांसद हर्कराज राई

हिजो आइतबार बसेको मन्त्रिषरिषद्‌को बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर (२८ खर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेपछि त्यसको बिरोधमा श्रमसंस्कृतिकी पार्टीका अध्यक्ष राईले विरोध गरेका छन् । प्रतिनिधिसभा सदस्य राईले सामाजिक संजालमा लेखेका छन्, सरकारले विदेशी ऋण लिन गरेको निर्णयको विरोध गर्दछौ। राईले विदेशी ऋण घटाउनुपर्नेमा उल्टै थप ऋण लिनु गलत भएकोले त्यसलाई नस्वीकार्ने प्रतिक्रिया दिएका हुन् ।

सरकारले विदेशी ऋण लिएर डिजिटल कुरामा लगानी गर्नुभन्दा नागरिकका आधारभूत कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । देशको विकासका लागि सबैभन्दा पहिला उत्पादानमा जोड दिनुपर्ने उनले तर्क गरेका छन् ।