सिमापारी देश खोजिरहेछु

कविता

सिमापारी पुरोनो देश खोज्न हिडिइरहेको छु ।
माटोको सतह विस्तार गरी
देशको इतिहास रोप्दै छु ।

मेरो देशको सौन्दर्यका परीहरु
ति प्रतिभाशाली नदी र हिमालयहरु हुन्
संसारलाई चुनौती दिने मेरो
सगरमाथाको इतिहास खोजिरहेको छु

सानो धरातल देख्ने ति छिमिकीहरु
मेरो देशको सगरमाथा र पानी
अनि माटोमा कर्के आँखा नराखुन् ।
त्यही सपनालाई साकार पार्न
अन्धकार कोठामा अक्षरको बत्ति
लेखिरहेकोछु, लिखिरहने छु ।।

ति अक्षरलाई मेरो दिमागको
प्रतिविम्ब मानी कलम र कापीको
साथ खोजिरहेछु ।
आमाबा मेरा मातृ भू्रमिका
परिसूचक हुन उनीहरुको पनि
इतिहास गोडिरहने छु ।