Breaking News

वषौंदेखि डुबिरहेको छु

नसकेपछि
हिमालको हिउँ बनेर उभिन
पग्लेर पानी जसरी बगे सरह
बग्दै समुन्द्रको छेउ सम्म पुगेर
नुनिला खहरेहरु संग
खिया लागेका यादहरु पखाल्दै
वर्षौं देखी डुबि रहेको छु
तैरिन खोज्छु तैरिन सकिदैन
खिया लागेका यादहरु छोडेर
यदी तैरिन सकेछु भने
बाफ बनेर तैरिनु छ
आकाशको औंला समातेर
बादल जसरी उभिन सकेछु भने
औंलामा झुन्डिएर माथी पुगुला
चन्द्रमाको गरुङ्गो उज्यालो टिप्न्न
नसकेर फर्किनु परे
तप्प तप्प
अध्यारा थोप्लाहरु झारेर
कयौं खडेरी सम्म पुग्ने गरी
भर्नु छ बुढो गाग्री
यो साल पनि भर्न सकिन भने
बादलका अध्यारा थोप्ला बनेर
अर्को वर्ष फेरि बादल बन्नु छ
भरिनलाई
पत्तो भएन पोखिन पर्दो रहेछ
भरिन त फेरि झर्नु पर्दो रहेछ
बिदा भएर फर्किएपछि खहरे बाट
भरिनु पर्नेछ आफ्नै गाग्रीमा
टिप्नु पर्नेछ सयपत्रीको सुगन्ध
पोखिनु छैन बादलका थोप्ला जसरी
मिसिनु छैन खहरे बनेर समुन्द्र संग
झुन्डिएर जानु छैन
चन्द्रमाको उज्यालो टिप्न्न
भेट्नु पनि पर्दैन
खिया लागेका पुराना यादहरुलाई
त्यसैले प्रिय सखा
खिया लागेका याद जस्तै बन
खिया पखाल्ने अस्त्र खिया जस्तै छ
खडेरीमा खडेरी छल्ने
बादलका थोपाहरु
अचेल खडेरी जस्ता भएका छन्
उज्यालो टिप्न्न झुन्डिएर
सुदुर पुग्दा
चन्द्रमा पनि मध्यरातको अध्यारो बन्छ
भो
प्रिय सखा
तिमी जहिले प्रिय बन्नु
मध्यरातको अध्यारो जस्तै।।

– दीर्घ बहादुर शाही (डोक्काघरे)