Breaking News

पूर्णबहादुर खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाए

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ ।

केही दिन अघि पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी नेता रमेश लेखक पक्राउ विषयमा काँग्रेसको लेटरप्याटमै कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले वक्तव्य जारी गरेका थिए । आजका लागि उनै खड्काले फेरि कार्यवहाक सभापति कै हैसियतमा देउवा पक्षीय पदाभिकारी तथा सदस्यहरु एवं हालै निर्वाचित सासदहरुको बैठक बोलाएका हुन् ।

निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् । यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूलाई बोलाएर ठमेलमा छलफल गरेका थिए ।

छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए ।

खड्काले आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहनसमेत अपिल गरेका थिए ।