दैलेख दुल्लुका ४५ बर्षे पुरुषको कोरोना उपचारकै क्रममा मृत्यु

९ असार, सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ताका डा. गौतमकाअनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । उनी क्षयरोग र दमको विरामी समेत रहेको बताएका छन् ।

उनको मृत्यु हिजो सोमबार नै भएको थियो । ३ गते स्वाव संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै पत्रकार सम्मेलनमा बताए अनुसार ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् ।

आज मंगलबार पीसीआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ । अहिले ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका जानकारी दिएका थिए ।