आज २४ घन्टामा ५३८ संक्रमित थपिदा ७६ को डिस्चार्ज एकको मृत्यु भएको छ

९ असार, काठमाडौं । आज मंगलबारको पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका संक्रमित ५३८ जना थएिको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको जानकारी दिएका थिए । यस्तै आजै ७६ जना कोरोना जितेर डिस्चार्ज समेत भएका छन् ।

अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि मन्त्रालयले जनाएको
छ ।

त्यस्तै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

आजै दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएको छ ।