नासो जस्तै
जवानीमा छोडेर गएको कयौं वर्ष पछी
एक कुम्लो कलिला गुलाफ जस्ता
आरुखका सेता फुल टिप्न खोज्दा
बुढो रुख हरियो बन्छ
माया पिरतिका पुराना याद बोक्ने
पुरानो थैलो बन्द छ
कात्रो ओडेर मसान घाट सम्म
संगै पुगौला भन्ने
ल्वाङ सुकमेल जस्तै जोडीहरु
टाढा छन
मकै भुटेर पेट भर्न
अञ्जुली भरी दिएको अहिले पनि सम्झन्छु
जवान मकै र बुढो पेट
एक आपसमा बसौंन भन्दा
चपाइ दिने दाँतहरु छैनन्
बूढो दाँत जवान मकै
छेउ सम्म पुग्दा
उठाएर राखी दिने
केटाकेटीका केटाकेटी छैनन्
भोका दाँतहरुलाई
भोका मिठाइ समेत
औधी मन पर्छन्
गुलिया मिठाइ जोडी औंला
संगै नबसेको पनि वर्षौं भयो
बुढो दाँतलाई गुलियो बनाउन खोज्दा
औंलाहरु भने
तिता चमच संग मितेरी गास्छन
चमच संग थोरै गुलियो माग्दा
टाढा सरेर गिलासमा बस्छ
भरी बटुको मिठाइ
र एक जोर बुढा हात
नजिक नहुनु भनेको
उ र उ जस्तै मिठा सम्बन्ध
टाढा हुनु हो
बुढो गुलाफले कहिल्यै फुलाएन रातो गुलाफ
जहिले सुकि रहन्छ
सेतो भएर
हेरि रहन्छु औधी रातो भएर फुलोस्
हर मौसम फुलि रहोस्
टिप्न पुगुला
जहिले जवान भएर।।
जवानीमा छोडेर गएको कयौं वर्ष पछी
एक कुम्लो कलिला गुलाफ जस्ता
आरुखका सेता फुल टिप्न खोज्दा
बुढो रुख हरियो बन्छ
माया पिरतिका पुराना याद बोक्ने
पुरानो थैलो बन्द छ
कात्रो ओडेर मसान घाट सम्म
संगै पुगौला भन्ने
ल्वाङ सुकमेल जस्तै जोडीहरु
टाढा छन
मकै भुटेर पेट भर्न
अञ्जुली भरी दिएको अहिले पनि सम्झन्छु
जवान मकै र बुढो पेट
एक आपसमा बसौंन भन्दा
चपाइ दिने दाँतहरु छैनन्
बूढो दाँत जवान मकै
छेउ सम्म पुग्दा
उठाएर राखी दिने
केटाकेटीका केटाकेटी छैनन्
भोका दाँतहरुलाई
भोका मिठाइ समेत
औधी मन पर्छन्
गुलिया मिठाइ जोडी औंला
संगै नबसेको पनि वर्षौं भयो
बुढो दाँतलाई गुलियो बनाउन खोज्दा
औंलाहरु भने
तिता चमच संग मितेरी गास्छन
चमच संग थोरै गुलियो माग्दा
टाढा सरेर गिलासमा बस्छ
भरी बटुको मिठाइ
र एक जोर बुढा हात
नजिक नहुनु भनेको
उ र उ जस्तै मिठा सम्बन्ध
टाढा हुनु हो
बुढो गुलाफले कहिल्यै फुलाएन रातो गुलाफ
जहिले सुकि रहन्छ
सेतो भएर
हेरि रहन्छु औधी रातो भएर फुलोस्
हर मौसम फुलि रहोस्
टिप्न पुगुला
जहिले जवान भएर।।

