रिक्त १८ पदनका लागि आज राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार ९५.६८ प्रतिशत मतदान भएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता निर्वाचनमा अनुपस्थित रहेका थिए ।
अरू दलका कतिपय सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा अनुपस्थित थिए।
तैपनि नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू मात्र विजयी भएका छन्।
कांग्रेसले शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेका बेला एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो।
त्यसअनुसार १८ पदमा निर्वाचन हुनेमा ९ ठाउँमा कांग्रेसले उम्मेदवारी दिएको थियो, एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेदवारी दिएको थियो।
राष्ट्रिय सभामा १९ पद रिक्त हुनेमा एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। बाँकी १८ पदका लागि आज चुनाव भएको थियो।
कहाँ को भए निर्वाचित?
कोशी प्रदेश
१. सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस
२. रोशनी मेचे, नेकपा एमाले
३. सोमनाथ पोर्तेल, नेकपा एमाले
मधेस प्रदेश
१. धमेन्द्र पासवान, नेपाली कांग्रेस
२. रञ्जित कर्ण, नेपाली कांग्रेस
३. महन्थ ठाकुर, लोसपा
४. रेखाकुमारी झा, नेकपा एमाले
बागमती प्रदेश
१. गीता देवकोटा, नेपाली कांग्रेस
२. प्रेमप्रसाद दंगाल
गण्डकी प्रदेश
१. सम्झना देवकोटा, नेकपा एमाले
२. जगत तिमिल्सिना, नेपाली कांग्रेस
लुम्बिनी प्रदेश
१. बासुदेव जंगली, नेपाली कांग्रेस
२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३. रामकुमारी झाक्री, नेकपा एमाले
कर्णाली प्रदेश
१. ललितजंग शाही, नेपाली कांग्रेस
२, मीनासिंह रखाल, नेकपा एमाले
सुदूरपश्चिम प्रदेश
१. लीलाकुमारी भण्डारी, नेकपा एमाले
२. खम्मबहादुर खाती, नेपाली कांग्रेस।

