Breaking News

उम्मेदवारी खारेज बिरुद्ध रेशम चौधरी सर्वोच्च अदालतमा

काठमाडौं । फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी उम्मेदवारी दर्ता खारेज भएपछि चौधरी निर्वाचन आयोगको आफ्नो उम्मेदवारी खारेज निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

निर्वाचन अधिकृतले गैर कानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारी यथावत् रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् । उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाहा भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो । उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।