आमाको पुरानो खजना थैलो छ
खजना थैलोभरी बाको एक थान
भरुवा बन्दुक अघाउने अलिकति सामल छ
तर कहिल्यै निशानी ताकेन
बाको बुढो बन्दुकले
बरु उल्टै सुन्दर लाग्ने
सेता नजररहरुले भने
जहिले तिखो निशानी दिन्छन्
अलिकति ममता नहुदो होत
बुढो बन्दुक अघाउने सानो छर्रो
मझौला गोली
मसिना बारुदहरु
एक सर्को लत्ताकपडा भित्र
बसेर एक हुनु पनि
एक आपसको मिलन हुनु हो
तर तिमी र म मान्छे हौं
त्यही बुढो बन्दुक भन्दा त
तिमी र म कसरी पड्किन्छौ
तिमी आफै र म पनि स्वयंमलाई
समेत पत्तो हुदैन
अब त कदापि हुदै हुदैन
तिमी मान या नमान
जसरी सानो छर्रो मझौला गोली
र मसिना बारुदहरु
एक आपसमा मिलेर बस्छन्
त्यसै गरि मिलेर बस्ने बनाउनु छ
साट्नु पनि पर्ने छ सुखदुख
बाढ्नु त झनै परला दयाको
हलुङ्गो भाव
अनि बोकेर फर्किनु पनि छ
प्रभातको उज्यालो
बुढो बन्दुक जसरी फैलाउनु छैन
धुवाको गरुङ्गो चुल्ठो
अब साच्चिकै
तिमी तिमी बन्नु छ भने
म पनि स्वयंम म बन्नु छ भने
त्यही बूढो बन्दुक भित्र बसेका
छर्रा गोली र बारुद जसरी
बस्छन् त्यसरी नै तिमी र म
हामी भएर
बस्न मिल्दैन।।

