तस्वीर दियो अनुहार दियो
दृश्य दियो सबै देखायो
भन्यो तिमी अच्छा छौ
म भनी रहन्छु म पनि अच्छा छु
तर कहिल्यै सोधिन तिमी अच्छा छौ
दुइ गफ चिया खायो
उसको दिमाग खायो
म फेरि भन्छु
चिया खाउ
भरखरै खाए
फेरि
उ कान खान्छ म कान दिन्छु
बेस्सरी भन्छ मैले सुने
यो देशको कथा
गाउँ पनि राख्छ
समाज देखाउछ
र फेरि सुनाउछ
कथा
जब म आफै भन्न सुनाउन खोज्छु
उ सुन्दैन
देखाउछ गरुङ्गो तस्वीर
वरिपरिको क्या दृश्य
पुगाउछ ठुलो गन्तव्यमा
देखाउछ सुन्दर सपना
सुनाउँछ वर्तमानको चाक्लो कहानी
म सुनी दिन्छु
देखि दिन्छु
उसले देखाएको बुढो तस्वीर
पर पुग्छु र भन्छु
भो
अब मलाई
नसुनाउ वर्तमानको कहानी
देख्न पनि छैन
उल्टो फर्केको बुढो तस्वीर
पुग्न पनि छैन
त्यो ठुलो गन्तव्यमा
सुन्न त झनै छैन
मधुमालती जस्तै पुरानो कथा
पुग्न पनि पर्दैन
क्षितिजको अग्लो ठाउँ सम्म
बस्नु छ यही
धुलो काखमा
मलाई अग्लो नदेखाउ
म
कहिल्यै
ऐना हुन छैन
र सुनाउन पाए पनि सुनाउदैन
सुन्न छैन भन्छ
देखाउन पनि छैन
त्यसै छिमेकी ऐना
तिमी जहिले ऐना हुनु
जहिले अग्लो देखाउने।।

