Breaking News

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान भएको छ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई निर्देशन दिइएको छ।

मुख्यसचिव पौडेलका अनुसार पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको हो।

WhatsApp-Image-2026-01-10-at-08.14.56-1768012586.jpeg