हजुरले मलाई त्यो चरण दिनु भयो,
जहाँ मैले सहर्स श्रम गर्दा पनि
यो आफ्नो आत्माको जगतमा
खुशीको रंग भर्न सकेको थिइन ।।
गुरुदेव हजुर जगतको पिता मात्र
नभएर मेरो पुनर्जन्मको परम पुजनिय
हुनुहुन्छ,
सुर्यदेवले बिदा लिएपछी अनि चन्द्रमा
लाई ग्रहणले घेरेपछिको निस्पट्ट रात जस्तो
जिवनमा हजुर एक मात्र मार्गदर्शक हुनुन्छ!!
हजुरले आफ्नो जिवनको भोगाईलाई
हाम्रो जिवनमा दियो बनेर प्रकाश छर्नु
भयो,
नत्र त निहत्था बनाउने यो मृत्युलोकमा
कमजोर अवस्थामा जिउँदै मर्नु पर्ने रहेछ ।।
गुरु म जहाँ अन्यायमा केहि गर्न नसक्ने
मुकदर्शक बन्छु,
अरुको अन्यायमा मेरो आँखा रुन्छ,
हृदय चिरीन्छ,
कहिले कहिँ मुख बोल्छ,
धेरै जसो कलम बोल्छ,
तर म आफ्नै जिवनले भोगेको अन्याय
पर्दाफास गर्न असमर्थ छु,
र नै हजुरको चरणमा आई पुगेको छु।
म आफ्नै दुखको सागरमा बिना
हिच्किचाहट हाम फाल्न सक्छु,
रोग, भोक, शोक तथा अभावसँग कहिले
भिडमा आत्मसम्मान गुमाएर
जिउने कोसिस गरीन,
तर म आफ्नो आत्मसम्मानमा भएको
घातबाट अन्देखा बस्न सकिन,
मलाई कुनै सम्मान चाहिएको होइन
केबल चाहेको हुँ,
मानव अस्तित्वको अवशेष जुन मैले
गुरुलाई चिने पछि प्राप्त गरे,
जुन ग्रहण क्षमता भन्दा बढी मिल्न
पुग्यो,
तसर्थ पनि म हजुरप्रती जन्म जन्म ऋणि बन्न पुगे ।
हजुरको शब्दले कोहि प्राणिले
नयाँ जन्म पाउँछ भने त्यो हो
मानव मात्र,
हजुरको सामिप्त्यता, करुणा प्रद लवजले
कसैमा आशा जगाउन सकिन्छ भने
त्यो हो
रित्तिएको हृदय,
हजारौं कर्तव्यबोधले थिचिएर पनि
आफैं अन्तिममा बलि बनिएको दृश्य,
आफू जिउँदै मेटिएको क्रुद्ध क्षणमा
केबल प्रबिधिबाट भएपनी हजुरको
ज्ञानका किरणहरु निर्बाधरुपले
हृदयक कुना कुनामा प्रवेश गरि
जीवन धन्य भएको छ,
मस्तिष्कमा आत्मानुशासनको
विकास गरि व्यवहारीक धैर्यता र
गौरवगाथाको रुपमा इमान्दारीताका
साथ कर्तव्यपथमा लम्किरहन उर्जा
प्रवाह गरीरहनु भएको छ,
यस्तो उर्जा जसको कुनै विद्यालयमा
अध्यापन हुँदैन,
यस्तो उर्जा जसलाई कुनै विद्यमान
समाज र सम्बन्धबाट वोध गराईदैन,
आज,
आफ्नै नयाँ जन्म भएको
आभाष भएको छ,
यो छोटो जिवनले पुनः नयाँ
गन्तव्यको निमित्त आत्मकेन्दृत हुन
सहयोग मिलेको छ ।।
( सन्दर्भ : बिगत दशक देखि डक्टर योगि बिकाशानन्द
ज्युको प्रविधिमैत्री प्रवचन, मनोक्रान्ती विश्व परीवारबाट ज्ञानको प्रकाशको अनुभवी हुन पाएपछी )

