अनुभव, यथार्थता
इमान्दार गरीब ,
र धनी साहुजी !!
जतिनै आफ्नो अवस्था बद्लिए पनि
मान्छेले आफ्नो हिजोको धरातल
भुलेको हुँदैन,
सोही अनुरुप म एक्दिन फुर्सदमा
मेरो नयाँ जस्ता तर केही बिग्रेको जुत्ताहरु लिएर
सडक छेउकै जुत्ता बनाउनेकोमा गए,,
त्यो भाइ पहिले बसेको ठाउँबाट हटेर
केही पर सरेको रहेछ,म एताउती हरे र
छेउकै एउटा सटरमा आड
लिएर बसेको उस्लाई देखे,
खुशी भएर छेउमा पुग्दा उस्को कामको
पर्खाईमा अन्य देखे पछि त्यहाँ अलिक बेर
उभिनु पर्ने भयो,
रोडको छेउमा भएपनी त्यहाँ पेटिहरु भएको
भए थुचुक्क बस्ने थिए, तर त्यो पसलको छेउ र बाटोको किनार भएर अलिक असहज अनि थकान बढी हुन थालेसी आँखा पर्यो एउटा खप्टिएको टुलको
चाँङमा,
छेउमा ठूलो रक्सी सहितको कोल्ड ड्रीङ्सको पसल रहेछ,
त्यो धेरै ओटा टुल माथी एउटा मानिस बसेर फोनमा
बोलिरहेको थियो,
मैले हलुका हाँसेर एक्छिन एउटा
दिनुन टुल मिल्छ भने मात्र भने,
त्यो मानिस फोनमा बोल्दै मुख बिगारेर मलाई
आँखा समेत तर्काएर रिसाएको भाव देखायो,
मैले बुझे र फेरि जुत्ता सिलाउने भाइ भएतिर
फर्किए,
मेरो भाव वा गलेको देखेर मलाई त्यो
भाइले पुरानो फलफुलको कार्टुन जसमा अघि अर्कै ग्राहक थिए, त्यहाँ बस्न भन्यो,
म त्यो लाखौको रक्सी व्यापारीको व्यवहार र
जुत्ता बनाउने भाइको व्यवहारको फरकले
सोचमग्न भए,
आखिर मानिस धनले नै मात्र धनी हुने थिए भने त्यति अगाडि देबकोटाले मुनामदन लेख्ने थिएनन्,
जिवनमा धनी हुन पैसा भन्दा महंगो त जिब्रोबाट
निस्कने शब्द, एउटा हेराई र एउटा सानो व्यवहार नै
प्रयाप्त हुन्छ, पुर्ण मानवको लागि,
केही बेर अझै बस्न पर्ने भएकाले म कुरीराको थिए,
अब त्यो अघिको मानिसले हात्मा त्यो टुल लियो र भित्र बसेको महिला जो अघि देखि त्यो मेरो उभिदाको दुखाई
देखि सबै नै हेरीराको रहिछिन,
उनले किन बाहिर पुर्याको त भन्दै त्यो पुरुषबाट टुल
समाइन र भित्र लुकाएर आइन,
म नदेखेझै गर्दै सब हेरीरहेको थिए,
मन अमिलो भयो,
पुनः सोच्न थाल्यो !!
ओहो, यो शहरको मानवता यति जिर्ण किन भयो,
म आँखै अगाडी मेरो सामान निकाल्ने
अलिक कपटी, पैसा सापट लगेर नतिर्नेलाई त
यस्तो गर्न सक्दिन,
हुनत धेरैबाट आजित भएर उस्ले त्यस्तो गरेको होला,
तर फेरि किन त्यो जुत्ता बनाउने गरीब भाइ हृदयको
धनी देखियो,
अर्को पसलको दाइले पल्लो सटरबाट
पुरानो भएनी मुडा समेत ल्याउनु भयो, यसमा बस्नु,
मैले केही बोलेको थिइन,
सारै उभिन नसक्ने बिरामी पनि थिन,
धेरै बेर कुर्दा त्यहाँ आफै त्यस्तो माहोल
बनेको थियो,
तर एउटा अभावमा जलेको मानिस
र एउटा अलिक हुनेखाने उस्को दाँजोमा
मेरो ग्राहक होइनन को शैलिमा त्यो
क्रूर आँखाका पुरुष र महिलाले भने
संसार यस्तो पनि छ है भनेर जानकारी दिए
त्यो दिन ।।
आफ्नो गाउँमा ढुङ्गा, त्यो नभए काठको पिरा,
मझेरी आँगन, गुन्द्री देखि दिन
मिल्ने सम्मको सामान त इशाराको चालमा आफ्नो अगाडी खडा भएको मानिसलाई
दिने चलन सम्म देखेर हुर्केकोमा
यो आडम्बरी आधुनिक समाजका केही मानिस्ले
गर्दा कस्तो निस्सासिने परीवेश निर्माण हुँदैछ
भन्ने प्रश्न मनमा आइरह्यो ।।।
र धन्यवाद भन्नुको साटो
मन आफैंमा निशब्द भयो ।।

