काठमाडौं । हिजो राती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बोलन शाहबीच भेटवार्ता भएको छ । रवि रिहा भएलगत्तै राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । रविले आन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कर्कीसँग समेत भेट गरिसकेका छन् । हिजो राती उनले महानगरका मेयर बालेन शाहसँग पाँच घण्टा ‘वान–टु–वान’ वार्ता गरेका छन् । यस भेटवार्ताले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
रास्वपा नेता असीम शाहको निवासमा सोमबार साँझ ६ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो । वार्तामा रवि लामिछानेसहित रास्वपाका उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असीम शाह सहभागी थिए भने बालेन शाहका तर्फबाट उनका सल्लाहकार कुमार बेन सहभागी थिए ।

