Breaking News

शान्तिको सवक बन्न हुलागी बन्नु छ

एउटी
आदर्श नारी यशोधराको
आदर्श पुरुष बन्न नसक्ने पुरुष प्रधान
देशको आदर्श पुरुष म
हुन त भगवान पनि भएकै छु
कयौंले मेरो आरधना पनि गर्छन्
भक्ति पाठ पनि सुनाउ छन्
कसैले गाली गरि रहन्छ भने
त्यसको प्रतिकार गर्नु जीवन भरिको
अग्लो पछुतो ठान्ने म आफै
आदर्श पति बन्न नसक्नुमा
आफै पछुतो बनेको छु
अरुले बेस्सरी रिस गर्दा
मुसुमुसु हाँसी रहने मेरा
पातला ओठहरु उनै यशोधराको
कोमल वाणी प्रति निकै नै
अध्यारा लाग्छन्
तिमी भनी रहन्छौ
मेरो पुज्य देवता पतिदेव
म सुनी रहन्छु
कसैले हे भगवान गौतम बुद्ध भनेको
तर मलाई केहि समय
अब
सुन्नु छैन भक्तिभाव
मुस्कुराउनु पनि छैन
तिनै गरुङ्गा रिसहरु संग
पछुताउनु केहि रहेन
तिता प्रतिकार प्रति
त्यसैले बन्नु छ यशोधराको आदर्श पति
राहुलको अग्लो बाबु
र भन्नू छ घरकै उपदेश
यति हो घर शान्ति बनेछ भने
म आफै शान्ति बन्ने छु
प्रिय यशोधरा खुसी रहनु भनेको
मेरो सिङ्गो ब्रह्माण्ड खुसी हुनु हो
ती पुराना तिता अनुभवहरुलाई
एक चमच जति चिनी र अलिकति पानीमा
घोलेर सहुला खुसी अटाउने
प्याला सजेर सुख भर्नु छ
यशोधराको निको लाग्ने प्रिय राहुल
र उनै यशोधरालाई
जुगौ सम्म पुग्ने मिठा
सम्बन्धहरुको कुम्लो भर्दै
म फेरि शान्तिको सबग बाड्न
हुलाकी बनेर हिड्नु छ
प्रिय यशोधरा आउने दिनहरूमा
यदि पतिदेव बनी फर्केर पुग्न सकिन भने
त्यही हुलाकी मार्फत एक प्याला जति
मिठा खुसीका पोकाहरु
अवश्य पठाउने छु।।

दीर्घ बहादुर शाही (डोक्काघरे)