Breaking News

चर्चित भारतीय अभिनेत्री समान्था रुथ प्रभुले बिहे गरिन

चर्चित भारतीय अभिनेत्री समान्था रुथ प्रभुले बिहे गरेकी छन् । उनले आज बिहान एक मन्दिरमा चलचित्र निर्देशक राज निदिमोरुसँग सुटुक्क विहे गरेकी हुन् ।

विवाहमा दुवै परिवारको तर्फबाट २० जना मात्रै सहभागी बनेको बताइएको छ । समान्था र राजको यो दोस्रो विहे हो ।

समान्थाले यसअघि सन् २०१८ मा अभिनेता नागा चैतन्यसँग बिहे गरेकी थिइन् । तर तीन वर्षमै उनीहरुले डिभोर्स गरे । राजले पनि यसअघि श्यामली डेलेसँग बिहे गरेकोमा सन् २०२२ मा डिभोर्स भएको थियो ।

पछिल्लो समय अमेजन प्राइमको चर्चित सिरिज ‘दी फेमेरी म्यान २’ मा काम गर्दागर्दै राज र समान्था नजिक बनेको बताइन्छ । राजले निर्देशन गरेको उक्त सिरिजमा समान्थाले मुख्य भूमिका निभाएकी छन् ।